एकैपटक ६ सचिवको सरूवा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३१, बुधबार १६:०६

काठमाडौं । सरकारले एकसाथ ६ जना सचिवको सरूवा गरेको छ। सरकारmे सरूवाको क्रममा तीन महिना अघि मात्रै निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरूवा भएका कृष्ण राउत पुनस् अर्को जिम्मेवारीमा पुगेका छन्।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायका ६ सचिवको सरूवा गरेको छ।

प्रधानमन्त्री कार्यालय स्रोत अनुसार र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा गरिएको छ।यो मन्त्रालयकी सचिव राधिका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (अतिरिक्त) मा सरूवा भएकी छन्।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई जिम्मेवारी दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको बताइएको छ।


राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवमा सरूवा गरिएको छ। राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भने पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई सरूवा गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *