
काठमाडौ । नेकपाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग राखेर संसद अवरुद्ध गरेकाे छ ।
अाज अपराह्न तीन बजे बसेकाे बैठक सुरु हुने वित्तिक्कै एमाले सचेतक पदम गिरिले समय लिएर बाेल्दै त्रिभुवन विमानस्थलबाट बाहिर ल्याउन सफल हुदा समेत सरकारले मुख्य तस्करलाई पक्राउ गर्न नसकेको भन्दै उच्चस्तरीय स्तरीय न्यायिक समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेकाे छ ।
प्रमुख सचेतक गिरिले गृहमन्त्रीले पक्राउ गर्ने भनेर चर्चा गरेपनि वास्तविक तस्कर समात्न नसकेकाे अाराेप लगाए । उनले सरकारले अायाेग बनाएर छानबिन नभएसम्म संसद चल्न नसक्ने बताएको छ । एमालेले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाकाे बैठक स्थगित भएको छ ।