
काठमाडौं । राजधानीमा केन्द्रीय कार्यालय रहेको ,क, वर्गको वाणिज्य बैंक सिटिजन्स् बैंक इन्टरनेशलन लिमिटेडले गत आर्थिक वर्षभन्दा बढि नाफा आर्जन गर्न सफल भएको छ । मुलुकमा आर्थिक मन्दी र व्यापार व्यवसाय सिथिल भएको बेलामा पनि सिटिजन्स् बैंकले भने आफ्नो नाफामा वृद्धि गरेको छ । बैंकले हालै सार्वजनिक गरेको २०७९–८० को चौथो त्रैमासिक वित्तिय विवरण अनुसार यस त्रैमासमा २ अर्ब २१ करोड खुद नाफा आर्जन गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवदीमा २ अर्ब नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १०.४१ प्रतिशतले बृद्धि भएको बैंकले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४० अर्ब कर्जा विस्तार गरेको जनाएको छ । निक्षेप १०.५० प्रतिशतले बृद्धि हुँदा कर्जा विस्तार ६.९० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी ५ अर्ब ८५ करोड रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ९९ करोड रहेको थियो । ब्याज आम्दानी १७.३० प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीको खुद व्याज आम्दानी बढेसँगै अन्य संचालन आम्दानीमा बृद्धि खुद नाफा बढेको हो । हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ३ करोड रहेको छ । हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब २० करोड रहेको छ । जगेडा कोषमा ६ अर्ब ७ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ३ करोड रहेको छ । यस अवधिमा बैंकको निष्कृर्य कर्जा अनुपात ३.१९ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५९ रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा १४.१२ रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ १५०.०८ रहेको छ । भने मुल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ । वाणिज्य बैंकहरुमा सिटजन्स् बैंक हरेक वर्ष आफ्नो वित्तिय विवरण सार्वजनिक गर्ने अग्रणी बैंकका रुपमा रहँदै आएको छ ।