पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्‍यो खण्डन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १, शुक्रबार १७:११

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ।  शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको स्पष्ट पारेको हो। यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। 

‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’

सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार साझा गर्नुअघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न समेत आग्रह गरिएको छ।

Capture55

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *