
विदुर । समाज सचेतन केन्द्र नुवाकोटको २४ औं साधारणसभा एवं ५ औं अधिवेशन सम्पन्न भएको छ । यमकुमार खातीको सभापतित्वमा २०८० साउन १३ गते बिदुरमा साधारण सभा अधिवेशले नयाँ नेतृत्व चयन गरेको छ । हरी बहादुर चित्रकारको अध्यक्षतामा ७ सदस्यिय कमिटि गठन भएको हो ।
सदस्यहरू मा नजरमान श्रेष्ठ, हरिराम भण्डारी, गोमा आचार्य, अमृत बहादुर बोगटी, हरी प्रसाद प्याकुरेल र सुजिना खड्का चयान भएका छन् । विभिन्न समाजिक तथा व्यवसायिक काममा क्रियाशिल उक्त संसथाले महिलाहरुका लागि आयआर्जनका सिपमुलक कार्यका लागि पनि तालिम सञ्चालन गर्दै आएको छ ।