
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गरेपछि फोटो सेसन गर्दे तस्बिर ः महादेव माध्यमिक विद्यालय
रातमाटे । जिल्लाको बेलकोटगढी,७ महादेवफाँटमा रहेको महादेव माध्यमिक विद्यालयले २०७९ मा एसइई उत्र्तिण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले आज शनिबार एक कार्यक्रमको आयोजना गरि एसइई उत्र्तिण विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा वडा नं ७का वडा अध्यक्ष भुवनेश्वर नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका तर्फबाट वडा अध्यक्ष नेपाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईराम नेपाल र विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले विद्यार्थीहरुलाई खादा र अबिरले सम्मान गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष नेपालले विद्यार्थीहरुलाई बधाई दिँदै उच्चशिक्षाको लागि थप सफलताको शुभकामना दिनुभएको थियो । विद्यार्थीहरुलाई के पढ्ने र कस्तो पढ्ने भन्ने कुरा सोचेर मात्र अध्ययन गर्न सुझाव दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतले विद्यार्थीहरुलाई बधाई दिँदै उच्च शिक्षाको सफलताको शुभकामना दिनुभएको थियो । उहाले विद्यार्थीहरुलाई अबका दिनमा आफ्नो क्षमता अनुसारको विषय लिएर पढ्न पनि सुझाव दिनुभएको थियो । बेलकोटगढीको पुरानो तथा स्तरीय विद्यालयको रुपमा रहेको उक्त विद्यालयमा २०७९ मा ५९ जना विद्यार्थीले एसईई दिएका थिए ।

विद्यालयका तर्फबाट वडा अध्यक्ष नेपाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईराम नेपाल र विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले विद्यार्थीहरुलाई खादा र अबिरले सम्मान गर्दै ,तस्बिर ः महादेव माध्यमिक विद्यालय
जसमध्ये एक जनाले ३.८सबैभन्दा बढि जिपिए ल्याएका थिए । यस्तै अन्य चार जनाले ए प्लर ३ जनाले ए ल्याएका थिए भने ११ जनाले बी प्लस ल्याएको विद्यालयका प्रधानाध्यापक महतोले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईराम नेपालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त विद्यालयमा पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् भने प्लस टु र महादेव बहुमुखी क्याम्पसको रुपमा समेत सञ्चालनमा रहेको छ । भारत सरकारको सहयोगमा विद्यालय बस समेत सञ्चालन भएकाले विद्यार्थीहरुलाई विद्यालय जानका लागि सहज समेत भएको हुँदै आएको छ ।