विदुर । नेपाली कांग्रेसमा आवद्ध रहेका कांग्रेसका नेताहरुले आज एकैदिन एउटै कार्यक्रमलाई दुई फरक फरक स्थानमा गर्दैछन् । नेपाली कांग्रेस क्षेत्र नं १ ले पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा राजधानीको फुडल्याण्ड पार्टी प्यालेसमा साउन १५ का अवसरमा चियापान तथा भेटघाटको कार्यक्रमको आयोजना गरेको छ ।

अपराह्रन ३ बजेदेखि ६.३० बजेसम्मका लागि पार्टीका जिल्लाभरका सबै नेता कार्यकर्ताकर्तालाइ क्षेत्रीय सभापति धुव्र श्रेष्ठले निमन्त्रणा गर्नुभएको बताइएको छ । उक्त कार्यक्रमका लागि भने अर्थमन्त्री तथा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. रामशरण महत,अर्जुननरसिंह केसी, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा,जिल्ला सभापति रमेश महत लगायतका दुवै क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहने सभापति श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
यस्तै पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले आफ्नो निवासमा अपराह्रन २ बजेदेखि ५ बजेसम्मका लागि साउन १५ कै अवसरमा खिर खाने कार्यक्रमको आयोजना गर्नुभएको छ । नेता केसीका समर्थकहरुले सामाजिक सञ्जालमा एक पटक होइन परम्पराको र आपसी एकताको लागि सबै भन्दै पोष्ट गरिरहेका छन् भने क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रवक्ता महत,नेता सिहं र जिल्ला सभापति रमेश महत पक्षका नेता कार्यकर्ताहले समाजिक सञ्जालमार्फत निमन्त्रणा कार्ड पोष्ट गरिरहेका छन् ।
नेताहरुले आयोजना गरेको कार्यक्रममा सहभागि हुन जिल्लाबाट समेत नेता कार्यकर्ता काठमाडौं आउने क्रम जारी रहेको नेताहरुले बताएका छन् । साउन १५ गतेलाई किसानले आफ्ना सबै काम सकिएर थकाई मार्ने क्रममा मिष्न्नठान भोजनका रुपमा खिर खाने चलन रहेको छ । आजका दिनबाट हिउँद सुरु हुने र पर्वहरुको पनि थालनी हुने गर्दछ । तर यसवर्ष अधिक मलमास परेको हुनाले अन्य चाडपर्व भने एक महिना पर धकेलिएको छ ।