
नुवाकोटबाट ज्यान मार्ने उद्योगमा फरार व्यक्ति प्रहरीको फन्दामा
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ज्यान मार्ने उद्योगमा फरार रहेक एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रनाउ खगेन्द्र बहादुर खड्काले जारी गर्नुभएको प्रेस नोट अनुसार २०७८ चैत्र ८ गते पञ्चकन्या गाउपालिका वडा नं ५ बस्ने रित बहादुर कार्कोको छोरा वर्ष ३७ को जित बहादुर कार्कीलाई काफ्लडांडा स्थित ठेक्कापट्टा साइडको काम सकि घरतर्फ फर्किने क्रममा आक्रमण गरी फरार रहेका युवालाई पक्राउ गरिएको हो ।
शिवपुरी गाउँपालिका ८ बस्ने वर्ष ३३ वर्षीय श्याम कुमार खड्का समेतले पञ्चकन्या सुन्तले डांडा स्थित जित बहादुर कार्कीलाई मार्ने नियतले हातहतियार समेत लिई अन्धाधुन्ध प्रहार गरि गम्भीर घाईते बनाई सडक भन्दा करिब ५० फिट तल खोल्सामा फालि घट्नास्थलबाट भागि फरार भएकोमा प्रहरी खोजतलाशको क्रममा जिल्ला प्रहरी कार्यलाय नुवाकोटबाट खटिएको प्रहरी साउन १४ गते शिवपुरी गाउँपालिका वडा नं ६ स्थितमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएको जनाइएको छ ।