
लोकतान्त्रिक चोकमा आयोजित सचेतनासभामा मेयर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित, जिल्ला प्रहरी प्रमुख सहित नगरपालिकाका मेयर राजन श्रेष्ठ लोकतान्त्रिक चोकमा आयोजित सचेतनासभामा मेयर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित, जिल्ला प्रहरी प्रमुख सहित नगरपालिकाका मेयर राजन श्रेष्ठ तस्बिर ः सुरज सिलवाल, विदुर नगरपालिका
विदुर । गर्मी र बर्षातको समयसँगै लामखुट्टेबाट सर्ने डगेुं रोग नियन्त्रणका लागि विदुर नगरपालिकाले सक्रियता बढाएको छ । आज मंगलबार नगरपालिकाको आयोजनामा सम्भावित लामखुटुटेको लार्भाहरु रहने स्थानहरुलाई नष्ट गरिएको छ ।
विदुर नगरपालिकाको आयोजनामा ुलामखुट्टेको बाँसस्थान खोजी लार्भा नष्ट अभियानु मार्फत डेंगु रोगको रोकथाम तथा नियन्त्रणको लागि जिसस नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, नगरप्रमुख राजन श्रेष्ठ , उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाको वडा अध्यक्षहरु, कार्यपालिका र नगरसभा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनाल, नगरको स्वास्थ्य शाखा सहित नगरमा कार्यरत कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना,नागरिक समाज, स्थानीयबासी, सरोकारवाला लगायतको सहभागितामा ुडेंगु रोगको रोकथाम तथा नियन्त्रणुअभियानको सुरुवात भएको विदुर नगरपालिकाले जनाएको छ ।

यस अभियानलाई निरन्तर रुपमा नगरको सबैवडा, टोल तथा बस्तीहरुमा सञ्चालन गर्न नगरप्रमुख राजन श्रेष्ठले निर्देशन दिनुभएको थियो । नगरपालिकाको सो अभियानमा जिल्ला समन्यय समितिका प्रमुख रजिन्द्रबित्रम ठकुरी,प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी प्रमुख,सहितको सहभागिता रहेको थियो ।
लामखुट्टे जिनणन्त्रणका लागि सरसफाइ तथा र्यालीपछि लोकतान्त्रिक चोकमा सचेतनासभाको आयोजना समेत गरिएको थियो । सो सभामा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले डेंगु एक महाारी फैलने रोग भएकाले यसमा सबै जना सचेत भएर लाग्नुपर्ने बताउनु भएको ।
उहाले आफ्ना घर आगनमा फोहोर नराख्ने र पानी जम्न नदिने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको थियो ।गत वर्ष डेंगुले महामारीको रुप लिएसँगै यस वर्ष भने समयमा नै सचेतना अपनाउने प्रयास थालिएको छ । नगरपालिकाको यो अभियानलाई सर्वसाधारणले सकारात्मक रुपमा लिएको बताएका छन् ।