
काठमाडौ . ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंक ली. बिच मिति आज एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा रु. ३,००,००० (अक्षेरुपी रु. तिनलाख) सम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको छ । जस अन्र्तगत कुनै पनी ग्राहकहरुले कुमारी बैंक ली. वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।
यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् । एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २,६१,९९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९९९ रहेको छ । एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ बिषेश बिषेशताका कारण र सो बिषेशताका बाबजुत पनी यसको मुल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको सम्झौतापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
५ बिषेश बिषेशताहरुः
यस कम्पनीले आफ्नो मोटर मा पिएम एस एम साइड ड्राइभ मोटर ९एःक्ः क्ष्मभ म्चष्खभ ःयतयच० जडान गर्ने छ, यस किसिमको मोटमा धेरै ट्र्रक हुने हुदा नेपालको बाटो सुहाउदो हुने छ । साथै यो मोटर साइड ड्राइभ भएको हुदा मर्मत सम्भार गर्नु पर्दा अन्य इलेक्ट्रिक स्कुटरको जस्तो टायरनै निकाल्न पर्दैन । मर्मत सम्भार एकदमै सजीलो हुन्छ । साथै यस किसिमको मोटर प्रयोगले अन्य भन्दा बढि रेन्ज (माइलेज) समेत दिन्छ ।
२. ब्रेक रीजेनेरेसन
९द्यचबपभ च्भनभलभचबतष्खभ० बिषेशता यस कम्पनीको इलेक्ट्रिक स्कुटरहरुमा पाइन्छ । यसले गर्दा एक्सीलीएटर ९ब्अअभभिचबतयच० दिइ सकेपछि मोटरले व्याट्रि प्रयोग गरी सकेको हुन्छ, तल सोही बखत कुदाइरहेको समयमा ब्रेक लगाइन्छ र ब्रेक लगाउदा अगाडि एक्सीलीएटर ९ब्अअभभिचबतयच० बाट खर्च भएर खेर जाने व्याट्रिलाई ब्रेक लगाउदा पुन सन्चिती गरीदीने गर्दछ । त्यसैले जाममा र अन्य समयमा ब्रेक लगाई राख्दा खेर जाने व्याट्रि पुन सन्चिती हुने हुदा रेन्ज (माइलेज) बढ्ने गर्दछ । यसलाई ब्रेक रीजेनेरेटिभ भनिन्छ । अझ ओरालो जादा ९७ प्रतिशत व्याट्रि बाट २० प्रतिशत सम्म आउदा व्याट्रि चार्ज भई १० देखी १५ प्रतिशत सम्म बढ्ने गर्छ । हाल ब्रेक रिजेन भएको सफ्ट्वेर अपडेट नभएकाले ओडो मिटरमा भने देखाउदैन, तर ब्रेक रिजेन भने भइनै रहेको हुन्छ ।
३. क्यान बस कम्मुनिकेसन कन्ट्रोलर
इलेक्ट्रिक स्कुटरहरुमा विभिन्न किसीमको वाइरीङ्ग हुन्छ, विभिन्न वाइरीङ्गले एक आपसमा आफ्नो आफ्नो काम गरी रहेका हुन्छन् । कन्ट्रोलरहरु, नर्मल र क्यान बस भएको हुन्छ । नर्मल कन्ट्रोलर ले एक आपसमा सम्बन्ध बनाएका हुदैनन्, एक आपसमा भएको सुचना अर्कोमा पठाउदैनन् । तर क्यान बस भएको कन्ट्रोलरले सम्पुर्ण इलेक्ट्रिक स्कुटरमा भएको सुचना एकै ठाउमा एक कठ्ठा संचित गरेर सम्पुर्ण पार्ट पुर्जा हरुको सुचना हरबहत आफ्नो अधिनमा राखेका हुन्छन् । हामीले एक्सीलीएटर दिदा कति स्पिडमा कुदाउने गरी आदेश आयको छ त्यो हेरेर मोटरमा सुचना पठाउने, मोटरलाइ सोही अनुसारको व्याट्रि बाट चाहिने उर्जा लिन लगाउने, व्याट्रि लाई पनी मोटरले माग गरेको उर्जा पठाउन लगाउने र त्यस अनुसारको नभएमा तुरुन्तै फलो अप गरी काम अगाडि बडाउने काम क्यान बसले गर्दछ । यदि कुनै स्कुटर चलेन भने त्यसको बिभिन्न कारण हरु हुन्छन् । जस्तै मोटरमा खराबी हुन सक्छ, व्याट्रिमा खराबी हुन सक्छ, वाइरीङ्गमा खराबी हुन सक्छ, त्यस्तै अन्य कुरामा खराबी हुन सक्छ, त्यसैले क्यान बस कम्युनीकेसनले संचित गरेर सुचना राख्ने हुदा, उस्ले खराबी के हो अगाडिनै डिस्प्ले गराइदिन्छ, अब समयको पनी बचत भयो र मर्मत गर्ने बेला के खराबी भएको हो भन्दै खराबी नभएको पार्टस्मा हेर्न पनी परेन ।
४. यस कम्पनीको टायरको साइज,
१६ इन्च अगाडि र १४ इन्च पछाडि पट्टीको रहेको छ । यसले गर्दा रोडमा ठोकिदैन । अली अग्लो र चलाउदा आरामदायी हुने हुन्छ । ग्राउण्ड क्लियरेन्स २०० एम एम भएकाले बाटोमा ठोकिने समस्या यस कम्पनीको स्कुटर हरुमा हुदैन । २०० एम एम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनी खालको स्कुटरहरुमा नेपालमै पहिलो रहेको छ ।
५. लिथीयम फेरो फोस्फेट व्याट्रि
व्याट्रि प्राय तिन प्रकारको हुन्छ, लिथियम आयन (यसलाई एन एम सी भनीन्छ), लिथियम फेरो फोस्फेट (यसलाई एल एफ पि भनिन्छ) र लिड एसिड । यस मध्ये सबै भन्दा राम्रो लिथियम फेरो फोस्फेट हो, (यसलाई एल एफ पि भन्छ) यसमा २००० साइकल हुन्छ, त्यो भनेको २० % बाट १०० % हुदा एक साइकल मानीन्छ । यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउदा २००० दिन सम्म चल्छ, त्यो भनेको ५.४७ बर्ष हो, यदि कुनै दिन अघिल्लै दिनको चार्जले चल्छ भने एक दिन साइकल थपिन्छ ।
आजै एफ डि मोर्टर्स (ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली) को सोरुमहरु र कुमारी बैंक ली. का जुन सुकै शाखा बाट यस सम्बन्धमा जारी हुने क्रेडिट कार्ड को बारेमा जानकारी लीन सक्नु हुनेछ ।