
विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिनुहुने कार्यक्रम तय भएको जनाइएको छ ।
शी प्रदेश सभा सचिवालयका अनुसार मंगलबार गौतमले इमले मार्फत उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा दिएका हुन्। यसअघि उनले सभामुखको पदमै रहेर उद्धव थापाका निम्ति हस्ताक्षर गरेका थिए। सोही हस्ताक्षरसमेतका आधारमा उनी मुख्यमन्त्री समेत नियुक्त गरिएको बताइएकोे छ