
काठमाडौं । एमालेले आफ्नो अडानबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक एक साताको लागि स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले एक सूचना जारी गरी प्रतिनिधिसभाको आजको बैठक विशेष कारणले स्थगित भएको जानकारी दिएको छ । प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमवार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रमुख सत्तारुढ दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय संसदीय समिति बनाउन माग गर्दै आएको छ । त्रिभुवन विमानस्थलबाट एकसय क्वीटल सुनसहित केही व्यक्ति समातिएको विषयमा भरिमा मात्रै पक्राउ परेको र यसमा उच्च तहको राजनीतिक नेतृत्वको समेत संलग्नता हुनसक्ने भन्दै सरकारले छानविन गरेर त्यसको वास्तविकता बाहिर ल्याउन नसक्ने भन्दै एमालेले उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ । एमालेले सोही मागलाई लिएर व्यवस्थापिका संसद अवरुद्ध पार्दै आएको छ ।
केही दिनअघि त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास गरेर ट्याक्सीमा राखेर बाहिर लैजादैगर्दा राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । मोटरसाइकलको ब्रेकसुको भित्र राखेर ल्याइएको यति धेरै सुन कसरी तस्करको समूहले भित्रुवन विमानस्थलबाट चेकजाँच गरेर बाहिर ल्याउन सफल भयो भन्ने विषय निकै गम्भीर रहेको र यसमा उच्च राजनीति तहनै संलग्न भएको आशंका गरिएको छ तर सरकारले पनि राज्य तहबाट गम्भीर रुपमा छानविन भैरहेको भन्दै यसलाई तोडमोड गरेर समिति बनाउनु भनेको राज्य संयन्त्रलार्ई नै कमजोर मान्नु भएको भन्दै त्यसलाई अस्वीकार गर्दै आएको छ ।
एमलोले यस विषयमा गृहमन्त्रीको राजीनमा माग गरेको भएपनि पछिल्लो पटक भने उच्चस्तरीय संसदीय समिति बनाउने अडानमा पुगेको छ । यस विषय दलहरुबीच छलफल भएपनि निचोड आएको छैन । नेपालमा पछिल्लो समय सुन तस्करी धेरै हुँदै आएको अनुमान गर्न थालिएको छ । केही दिनअघि ११ किलो सुन प्रकरणमा कृष्णबहादुर महराको बाबुछोराको नाम जोडिएको भएपनि त्यसमा भने सरकारले कुनै चासो देखाएको छैन । यसबारेमा पनि एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।