
विदुर । नुवाकोट जिल्लामा कुटपिट गरेर फरार रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी तथा प्र.ना.उ. खगेन्द्र बहादुर खड्काले जारी गर्नुभएको प्रेस नोट अनुसार साउन ५ गते गते राती अन्दाजी ९.३० बजेको समयमा बिदुर नगरपालिका वडा नं.९ प्लास्टरमा बिदुर नगरपालिका वडा नं.०८ बस्ने २६ वर्षीय सुमन आले मगरलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेको र घटनामा संलग्न व्यक्तिहरू मध्ये धादिङ सत्यदेबी स्थायी घर भई हाल बिदुर न.पा. वडा नं.९ प्लास्टर बस्ने २६ वर्षीय अनन्त तामाङ २५ वर्षीय को अमिर तामाङ साउन १५ गते पक्राउ गरी सम्मानित नुवाकोट जिल्ला अदालतबाट ज्यान मार्ने उधोग मुद्दा कसूर शिर्षकमा म्याद थप भई थप अनुसन्धान कार्य भइ उल्लेख छ ।
यस्तै अर्को प्रेस नोट अनुसार असार ११ गते जिल्ला नुवाकोट सुर्यगढी गा.पा. वडा नं.५ स्थितमा मोवाईल चोरी गर्ने व्यक्ति जिल्ला नुवाकोट लिखु गा.पा. वडा नं.४ बस्ने बर्ष २३ को जुनिल राई साउन १५गते चोरीका मोवाईल थान–४ सहित जिल्ला नुवाकोट लिखु गा.पा. वडा नं.६ थानसिंहबाट पक्राउ भएकोमा जिल्ला अदालत नुवाकोटबाट चोरी सम्बन्धी मुद्दा शिर्षकमा म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको उल्लेख गरिएको छ ।