
नुवाकोटमा सम्भाब्यता अध्ययन गर्न नेपाल आएको टोलीले पहिलो दिन बुधबार बिदुर नगरपालीका वडा न २ मा रहेको नुवाकोटको साततले दरवारसहित त्यहाँ रहेका अन्य प्राकृतिक तथा विभिन्न सम्पदाहरुको अवलोकन गर्दै चिनियाँ टोली साथमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, वडा अध्यक्ष दिपक कायस्थसहित दरबार क्षेत्रका पदाधिकारी तथा कर्मचारीहरु ः तस्बिर नमराज सुवेदी
विदुर । नुवाकोट जिल्लाका सम्भावित बिभिन्न ठाउमा रेल मार्ग सहित नुवाकोटको विकासका लागि अध्ययन गर्नका लागि चिनियाँ टोली नुवाकोट आइपुगेको छ । विभिन्न क्षेत्रको विकासका लागि सर्भे तथा नुवाकोटमा सम्भाब्यता अध्ययन गर्न नेपाल आएको टोलीले पहिलो दिन बुधबार बिदुर नगरपालीका वडा न २ मा रहेको नुवाकोटको साततले दरवारसहित त्यहाँ रहेका अन्य प्राकृतिक तथा विभिन्न सम्पदाहरुको अवलोकन गरेको थियो ।
बिदुर नगरपालिका मेयर राजन श्रेष्ठको उपस्थितिमा चिनिया टोलीले साततले दरवार र बौद्द चैत्य गुम्बाको अवलोकन गरेको थियो । अवलोकनको क्रममा साततले दरवारको पुनः निर्माणमा चिनले ढिलाइ गरेकोले स्थानियले प्रतिनिधिमण्डलसँग गुनासो गरेका थिए । सो अवसरमा नगर मेयर श्रेष्ठले तत्काल दरवारको पुन निर्माणमा चासो दिन सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउनु भएको थियो । मेयर श्रेष्ठलेका आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र यसबरोमा छिट्टै काम थाल्ने आश्वासन दिएको बताइएको छ । टोलीले साततले दरबार र दरबार क्षेत्रको आधा दर्जनभन्दा बढी पुरातात्विक महत्वका मठमन्दिर र दरबारको अध्ययन गरेको छ ।

चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतापाटी, नारायण मन्दिर र विष्णु मन्दिरको अनुगमन गरेको छ । अनुगमनमा बिदुर नगरपालीका वडा न २ का वडा अध्यक्ष दिपक कायस्थ लगायत स्थानियको उपस्थिति रहेको थियो । २०७२ साल वैशाख १२ गतेको महाभुकम्पपछि जिर्ण बनेको साततले दरबार चिन सरकारले बनाउने भनिएको भएपनि त्यसको आठ वर्ष वितिसक्दा फलामको टेको लगाएर राखिएको छ ।
धार्मिक र पर्यटकीय तथा ऐतिहासिक रुपले समेत प्रसिद्ध रहेको नुवाकोट क्षेत्रको विकासमा चीन सरकारले आश्वासन मात्रै दिएको भन्दै स्थानीयले गुनासो पोखेका थिए । टोलीले रसुवाको पनि भ्रमण गर्ने जनाइएको छ । उक्त टोलीले छहरे टोखा सुरुड. मार्गका विषयमा पनि चासो राखेको थियो भने गल्छी हुँदै केरुड. जाने सडक मार्गका विषयमा पनि जानकारी लिएको मेयर श्रेष्ठले नुवाकोट पुकारलाई बताउनुभयो । चीन सरकारको सहयोगमा बनाउने भनिएको छहरे टोखा सुरुड. मार्गका लागि नेपाल सरकारले यस चालू आर्थिक वर्षमा डिपिआर तयार गर्नका लागि एक अर्ब रकम विनियोजन गरेको छ । जसले सुरुड.मार्ग बन्ने आशा पलाएको छ ।