
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान धर्नामा सहभागि निर्माण व्यवसायीहरु तीस्बर ः शैलेन्द्रराज प्याकुरेल
काठमाडौं । निर्माण व्यवसायी महासंघले ठेक्का सम्पन्न भएको बाँकी रकम भुक्तानिको माग गर्दै बालुटारमा धर्ना दिएको छ । आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा व्यवसायीहरुले प्लेकार्डसहित धर्ना दिएका थिए । उनीहरुले ठेक्का सम्झौता भएको बाँकी रकम पाउनुपर्ने,उपभोक्ता समिति मार्फत गराउने काम बन्द गर्नुपर्ने, निर्माण सम्झौताको म्याद थप गर्नुपर्ने लगायतका बाँकी राखी आन्दोलन गरिरहेका छन् ।
यसअघि जिल्ला जिल्लामा विरोध कार्यक्रम गरेका व्यवसायीहरुले सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै संघीय राजधानीमा नै आएका धर्ना दिएका हुन् । व्यवसायीहरुले दिउँसो ३ बजे संसद भवन अगाडि धर्ना दिने कार्यक्रम रहेको नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले नुवाकोट पुकार डटकमलाई जानकारी दिए ।
व्यवसायीहरुले पहेलो ज्याकेट र टाउँकोमा टेकेदारको टोपी लगाएर धर्नामा बसेका थिए । धर्नापछि आयोजित कोणसभामा महासंघका अध्यक्षले आफूहरुको माग पूरा नभए निर्माणका सम्पूर्ण काम बन्द गरेर आन्दोलनमा उत्रने बताएका थिए ।
अर्थमन्त्रालयले सरकारसँग खर्च गर्ने रकमको अभाव भएको भन्दै निमार्ण सम्पन्न भएका योजनाहरुको रकम पनि दिन सकेको छैन । मन्त्रालयले केही दिनअघि एक अर्व रकम निकासा गरेर व्यवसायीहरुलाई दामासाहि दिने निर्णय गरेको थियो । तर व्यवसायीहरुले अरबौ रकम बक्यौता रहेको भन्दै आफूहरु टाट पल्टने अवस्थामा पुगेकाले सरकारले बाँकी रकम सबै दिनुपर्ने माग गर्दै आएका छन् ।