
“आन्तरिक अभियान कार्यक्रम २०८०” नेपाली कांग्रेस नुवाकोटले आज कार्यक्रको शुभारम्भ क्रममा नेपाली कांग्रेसका नेताहरु
काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार नेपाली कांग्रेसका जिल्ला तहदेखि स्थानीयतहसम्म जनतासँग जोडिने कार्यक्रम लिएर गाउँ प्रवेश गरेका छन “आन्तरिक अभियान कार्यक्रम २०८०” नेपाली कांग्रेस नुवाकोटले आज कार्यक्रको शुभारम्भ गरेको छ । केन्द्रीय प्रतिनिधि गुरु बराल, बागमती प्रदेश प्रतिनिधि तिलक प्रसाद रुवाली,अन्जु सिं चौधरि, भगवती कुमारी खड्का राजिबराज पौडेलको उपस्थितिमा कांग्रेसले कार्यक्रमको शुभारम्भ गरेको हो ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधि गुरु बरालले कांग्रैस सँधै जनताको दुःख सुखको साथी भएको भन्दै जनातसँग प्रत्यक्ष सम्बाद गरेर जान आग्रह गर्नुभयो । उहाले नेपाली कांग्रेसले विगतमा गरेका काम र अबका दिन सरकारमा रहेर खेलिने भूमिकाका विषयमा पार्टीका नेता कार्यकर्तालाई जानकारी गराएको दोस्रो चरणको कार्यक्रममा जनताकोमा जाँदा प्रष्ट पार्न सक्नुपर्ने बताउनुभयो । जिल्ला सभापति रमेश महतको सभापतित्मा भएको कार्यक्रममा प्रदेश प्रतिनिधिहरुले पार्टीका स्थानीयतहसँग समन्वय गरेर जानुपर्नेमा जोड दिनभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीलाई एकतावद्ध बनाएर जनतामा जानुपर्नेमा जोड दिनुभयो । उहाले नेपाली कांग्रेसले गरेका कामलाई लिएर पहिला पार्टीलाई एक बनाउनुपर्नेमा जोड दिनुभएको थियो । नेता केसीले कांग्रेसमा रुपान्तरणको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता केदारनसिंह केसी, सचिव श्रीराम श्रेष्ठ लगायतले कार्यक्रममा बारेमा बोल्नु भएको थियो ।

यस्तै क्षेत्र नं १ ले पनि कार्यक्रम आयोजना गरेको छ । सभापति धुव्र श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो । कांग्रेसले साउन २० देखि ३२ गतेसम्म पार्टीको आन्त्रिक संगठनलाई जोडने कार्यक्रम ल्याएको छ । यस्तै भदौं १० देखि २४ सम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दै छ । कार्यक्रममा काग्रैसका जिल्ला उपभापति राजु थापा, सन्तमान तामाड., सचिवहरु श्रीराम श्रेष्ठ , बैकुण्ठ मिश्र,सहसचिव यादव नेपाल सहित पूर्व जिल्ला सचिव सुरेन्द्र अधिकारी, पूर्व क्षेत्रीय सभापति अर्जुन न्यौपाने लगायत कांग्रेसका जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।
,