
काठमाडौं, । प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको अर्को बैठक साउन २३ गते मङ्गलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको जानकारी दिनुभयो ।

तीन दलका शीर्ष नेताहरुबीच आज मात्रै दुई पटक बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि आजको बैठक स्थगित भएको बताइएको छ । नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट बाहिरिदै गरेर्को कसय किलो सुन बरामद गरिएको विषयमा एमालेले उच्चस्तरीय छानविन समिति बनाउन माग राखेर संसद अवरुद्ध गर्दै आएको छ ।
तर सत्ताप्षले भने यसको छानसिवन सिआइवीलाई दिने निर्णय गर्दे उच्चस्तरीय समिति आवश्यक नभएको बताउँदै आएको छ । आजको बैठकमा पनि दुवै पक्ष आआफ्नै अडानमा रहेका कारण सहमति जुटन नसकेको नेताहरले बताएका छन् ।