
काठाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्री दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टीका युवा विद्यार्थीहरुमध्ये बाट ७१० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको छ । ७७ बटै जिल्लाबाट मनोनित गरिएको छ ।
नुवाकोट जिल्लामा पार्टीबाट चारजना केन्द्रीय सदस्यहरुको आफ्नो गुट अनुसारको सिफारिसमा १५ जना परेका छन् । १५ जना भाग्मानीहरुमा प्रकाश गजुरेल,उपाशना अधिकारी,शक्ति तामाड., अक्ष गजुरेल,प्रभाकर ढुागाना, ऊंश्री रिजाल,दिपेश घले, गणेश ढकाल,दिवाकर पाण्डे,इश्वर रिमाल, सुर्वर्ण श्रेष्ठ,सुवास पूरी, कृष्ण पुढासैनी,ज्ञानेन्द्रप्रकाश गजुरेल, विजय ढुंगाना रहेका छन् । यसअघि तरुण दलमा भने नुवाकोटबाट मात्रै ११ जनाको प्रतिनिधित्व रहेको थियो । केन्द्रीय सदस्यहरु निम्न अनुसार रहेका छन् ।










