अर्जुननरसिंहको प्रश्न : देश निरंकुशतातिर जान लागेको हो कि ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख ३१, बिहीबार १६:५९

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुठभेडको अवस्थामा देश नजाओस् भन्नेमा सचेत हुन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विद्यार्थी संगठन खारेजी र ट्रेड युुनियनमा डोजर चलाइएको जस्तो भन्दै टिप्पणी गरे । 

उनले संसदीय पद्धतिमा ध्यान पुर्‍याउन आग्रह गरे । “बेलायतमा संसद्ले पार्टी जन्मायो । नेपालमा पार्टीले संसद् जन्मायो । यो मौलिकतालाई हेर्नुपर्‍यो,” उनले भने । 

उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको मत स्थायी नभएको दाबी गरे । “यो जनअभिमत भने स्थायी होइन । तपाईंहरूले प्राप्त गरेको ४८ प्रतिशत हो । ५२ प्रतिशत अहिले पनि बाहिर छ,” उनले भने । 

देश मुठभेडमा नजाओस् भन्नेमा सचेत गराए । संसद्‌मा प्रधानमन्त्रीले संसदीय मान्यतालाई तोडेकोमा आपत्ति जनाए । “…नयाँ निरंकुशता जन्म हुन्छ । त्यतातिर देश जान लागेको हो कि । संसद्‌मा जसरी प्रधानमन्त्रीले उपेक्षा गर्दै हुनुहुन्छ,” केसी भन्छन्, “परम्परा तोड्दै हुनुहुन्छ । त्यतातिर जान लागेको हो कि भनि चिन्तित छु ।” 

०४७ सालपछिका नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको सुनाइदिन चेतावनी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *