
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले राष्ट्रिय परिचयपत्रको दर्ता अभियान सुरु गर्ने भएको छ । नगरपालिकाले भोलिबाट नगरभित्रका १३ वटै वडाबाट राष्ट्यि पचियपत्रका लागि दर्ता अभियान सुरु गर्न लागेको बेलकोगढी नगरपालिकाका कार्यवाहक मेयर शिवप्रसाद दाहालले जानकारी दिनुभयो । नगरपालिकाले आज उक्त विषयमा १३ वटै वडाका वडाध्यक्ष तथा सचिवहरुसँग छलफल गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बेधनिधि अधिकारी उपस्थितिमा भएको कार्यक्रममा कर्मचारीहरुलाई परिचयपत्र वितरणका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सहायक वेदनिधि प्रमुख जिल्ला अधिकारीले कसैले पनि परिचयपत्र पाउन बाट बञ्चित हुननपरोस भनेर सरकारले वडातहबाट पनि परिचयपत्र वितरणको अभियान ल्याएको बताउनुभयो । सो अवसरमा कावा मेयर दाहालले कर्मचारीहरुलाई नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने भन्दै नगरका सबै नागरिकलाई परिचयप लिने अभियानमा सहभागि हुन आग्रह समेत गर्नुभएको थियो ।
नगरपालिकाको उक्त निर्णयपछि वडा अध्यक्षहरुले सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रका लागि आह्रवान गरेका छन् । वडा कार्यलयमा जिल्लाबाट खटिने कर्मचारीसहित वडा प्रतिनिधिहरुले यसमा सहकार्य गर्नेछन् । सरकारले नागरिकता, राहदानीसहित अन्य सेवा सुविधाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
परिचयपत्रका लागि स्वयंम् उपस्थित हुनुपर्नेछ भने विवाहित महिलाहरुले भने अनिवार्य रुपमा विवाह दर्ता पेश गर्नुपनेछ । यस्तै बसाइँसराइको हकमा बसाई सराईको प्रमाण पनि पेश गर्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत सबै पालिकाका परिचयपत्र वितरण गर्ने निर्णय अनुसार बेलकोटगढी नगरपालिकाले भोलिबाट सुरु गर्न लागेको हो । यसअघि जिल्लाका विदुर, दुप्चेश्वर, किस्पाड. लगायतका पालिकाहरुले परिचयपत्र वितरण सुरु गरेका थिए । अनलाइन मार्फत भरिने सम्पूर्ण विवरण पेश भएपछि त्यसको केही समयपछि मात्रै कार्ड प्राप्त गर्न सकिने छ । जिल्ला प्रशासन कार्यालयले केही दिनअघि जिल्लाका सांसदहरुको उपस्थितिमा पहिलो पटक कार्ड वितरण सुरु गरेको थियो । विवरण भरेको झण्डै एक मनिापछि मात्रै कार्य प्राप्त हुने बताइएको छ ।