नुवाकोट — तारकेश्वर गाउँपालिका-४ स्थित दर्शनटारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया सरस्वती रिमालको शव फेला परेको हो ।बुधबार पौने पाँच बजेतिर स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
खोजतलासको क्रममा ती महिलाको पहिचान खुलेको र उनी बुधबार बिहान घरबाट एक्लै उपचारका लागि भनेर त्रिशूली अस्पताल आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनकाे शब पाेष्टमाट्मका लागि जिल्ला अस्पताल लगिएको बताइएको छ ।
सम्बन्धित समाचार
१ असार २०८२, आईतवार ११:३०
१० जेष्ठ २०८२, शुक्रबार ०८:३७