विदुर । नुवाकोट जिल्लाकाे पन्चकन्या गाउँपालिका वडा न, ५बाट सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुका लागि राजधानीमा पनि नविकरण गरिने भएको छ ।
काठमाडौको विभिन्न ठाउँमा बसोबास गरिरहनु भएको सेवाग्राहीहरु लाई सुबिधा दिने हेतुले काठमाडौको तारकेश्वर नगरपालिको गुम्बामा र टोखा नगरपलिका धनेश्वर नजिक वडा कार्यलयको जनप्रतिनिधिहरु तथा कर्मचारी सहित पुगि सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउने क्रममा काम सुरु गरिएको छ ।
उक्त गाउँ पालिकाबाट राजधानीमा झण्डै ५ सयभन्दा बढि रहेकाे वडा कार्यलयकाे तथ्यांक रहेकाे छ । राजधानीमा रहेकाहरुले राजधानीमा नविकरण लागि पुगेका छन् । उनीहरुले सहज सेवा पाएकाे प्रति खुशी व्यक्त गरेका छन् ।