काठमाडौंमा । सुन तस्करीमा गृहमन्त्रीको संलग्नता रहेको अभिव्यक्ति दिने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सिआईबीले पक्राउ गरेको छ । बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै शर्मालाई पक्राउ गरेर लगेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अाफ्नाे फेसबुक पेजमा लेखेका छन् ।केही दिनदेखि सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद शर्मालाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा पक्राउ गरिएको बुझिएको छ । शर्माले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको आरोप लगाएका थिए ।
उनले संसद् र संसदीय समिति बैठकमै गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोप लगाएका थिए ।शर्मालाई पक्राउ गरिएको विषयमा शिवाकोटीले अापत्ति जनाएका छन् । संसद चलिरहेका बेला बहावाला संसद पक्राउ गर्न सभामुखको स्विकृति चाहिने भन्दै उनले पक्राउकाे विषयमा असहति जनाएका हुन । यश बारेमा नेपाली कांग्रेस संस्थागत रुपमा भने बाेलिसकेकाे छैन ।स्रोतका अनुसार उनलाई नक्कली शैक्षिकप्रमाणपत्र पेश गरेको आधारमा पक्राउ गरिएको छ . शर्माले आइएससीको प्रमाणपत्र नक्कली पेश गरेर एमबीबीएस अध्ययन गरेको उजूरीको आधारमा पक्राउ गरिएको बुझिएको छ ।मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ ।