
काठमाडौ । नक्कली शैषिक प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययन गरेको भन्दै सांसद सुनिल शर्मालाई सिआईबीले बिहिवार नियन्त्रणमा लिएर शुक्रवार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएका अदालतले म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राख्नु नपर्ने भन्दै साधारण तारेखमा छोड्न आदेश दिएको छ।
अदालतको आदेशसँगै शर्मा रिहा भएका छन् । उनलाई हिजो मात्रै नक्कली प्रमाणपत्र पेश गरेको आधारमा पक्राउ गरिएको थियो । पछिल्लो समय सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री समेत दोषी भएको भन्दै कारबाहीको माग गर्दे आएका शर्मालाई सात वर्षअघिको मुद्दाका विषयमा अहिले पक्राउ गरिएको सरकारको आलोचना समेत भएको थियो । कांग्रेसको आजको संसदीय दलको बैठकमा समेत यस विषयमा कूरा उठेको थिय