
काठमाडौं . नेपाली कांग्रेसले अन्तराष्ट्यि युवा दिवसका अवसरमा Gig economy / climate action पोलिसी ह्याकथान आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसले ,समुन्नत नेपाल र सम्मानित नेपाली,को लक्ष्य हासिल गर्न युवाहरुलाई नीति निर्माण र छलफलमा सक्रिय रुपमा संलग्न गर्न अपरिहार्य भएको भन्दै युवा नीति र निर्माण प्रक्रियाको खाडल हटाउनका लागि पोलिसी ह्याकाथान आयोजना गर्ने जनाइएको छ ।
कांग्रेसले पोलिसी ह्याकथान युवाहरुको उर्जा रचनामक्ता र अन्तरदृष्टि ग्रहण गर्ने संयन्त्र हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार यस अभियान अन्र्तरगत युवाहरुले न्ष्न भअयलयmथ र अष्mिबतभ बअतष्यल सम्बन्धि नीतिगत मुद्दाहरुलाई पहिचान र सम्बोधन गर्न नविन समाधानहरुको खोजी गर्नेछन् । जसमा आफूले उठान गरेका विषयको अवस्था र सम्बोधन गर्न नविन समाधानको खोजी गर्नेछन् । विचार र मन्थन गर्नेछन् । जसमा आफूले उठान गरेको विषयको अवस्था विश्लेषण , नीतिगत समस्या र चुनौती, समाधानका उपाय समावेश हुनेछ ।
नीति विज्ञ प्राज्ञ अनुसन्धानकर्ता प्राविधिक डिजाइनर र स्वदेश तथा विदेशमा बस्ने नेपाली विद्यार्थी लगायत विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेर सम्मका ३ देखि ५ नेपाली नागरिकहरुले यस ह्याकथनको टोलीमा भाग लिन सक्नेछन् भनिएको छ । उक्त पोलिसीमा दुई विषय न्ष्न भअयलयmथ र अष्mिबतभ बअतष्यल उठान गरिएको छ । प्रतियोगिता दुई विषयमध्ये कुनै एक विषयमा अवधारणाापत्र पेश गर्नुपर्नेछ । नीतिपत्र ३ हजारदेखि ५ हजार शब्दहरुको हुनेपुर्नेछ । यसमा परेका आवेदनमध्ये १० वटा अवधारणापत्र सटलिष्टका आधारमा छनोट गरिने छ ।
साथै प्रत्येक टोलीलाई सल्लाहकार विज्ञ समूह नियुक्त गरिने छ । यसमा छानिएकाहरुले लिखित रुपमा प्रस्तुती दिनुपर्नेछ । निर्णयक मण्डलले निर्णयहरुको आधारमा विजेता घोषणा गरिनेछ । यसका लागि पहिलो बिजेतालाई पुरस्कार स्वरुप ३ लाख, दोस्रो पुरस्कार एक लाख पचास हजार र तेस्रो पुरस्कार पचास हजार राखिएको छ ।
शीर्ष तीन टोलीको नीतिपत्र नेपाली कांग्रेसले पार्टीको सम्पत्तिको रुपमा संसदीय दल तथा पार्टीका घोषणापत्रमा समेत समावेश गरिने जनाइएको छ । यसका लागि साउन २७ गते युवा दिवसको दिन फाराम खुल्ला हुनेछ भने भाद्र ३ गते १ बजेसम्म आवेशन दिन सकिने छ । यस्तै भाद्र ५ गते फाइनल १० टोली छनोट गरिने छ भने भाद्र ९ गते नेपाली काग्रेस केन्द्रीय कार्यालयमा फाइनल अर्थात अन्तिम कार्यक्रम हुनेछ ।

