
काठमाडौं । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ। शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक कार्कीले जानकारी दिए। ‘खाना खाइरहेको बेलामा आएका दुई जनाले छ्यापेर भागेका छन्,’ उनले भने। केही मोबिल पाठकको कपडामा लागेको छ।
घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्। मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको छ। क्रिकेट क्षेत्रमा पाठकको सक्रियतासँगै उनी राजनीतिक रुपमा पनि क्रियाशिल रहेका छन् । नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य समेत पाठकमाथि भएको मोबिल आक्रमणप्रति चौतर्फी निन्दा गरिएको सेतोपार्टी अनलाईनले समाचार प्रकाशित गरेको छ . यस विषयमा जानकारी दिन खोज्दा पाठकसँग भने सम्पर्क हुन सकेन । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्सर्ना गर्दै दाेषीलाइ पत्ता लगाइ कारबाहीको माग गर्नु भएको छ ।विज्ञप्ति तल पढ्नुहाेस ।
