
स्वदेश फर्केलगतै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल,साथमा पार्टीका अन्य नेताहरु ः तस्बिर, नुवाकोट पुकार डटकम
काठमाडौं । नेपाल एकिकृत समावजादी पार्टीका अध्यक्ष माधव कमार नेपालल आज आफ्नो १० दिने युरोप भ्रमण छोड्याए आज स्वदेश फर्कनु भएको छ ।
स्वदेश फर्केलगतै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाले आफू जानुभन्दा एक दिन पहिला सर्वोच्च्च अदालतले बालुवाटार जग्गाको विषयमा मन्त्रिपरिषद्को निर्णय आएको स्मरण गराउँदै उहाले कसै कसैले माधव नेपाल माधव नेपाल भागे, लुकेर बसेका छन्, उनको नेपाल फर्कने हिम्मत पनि छैन भनेर सार्वजनिक रुपमा समाचारहरु आएपछि आफू भ्रमण छोट्याए आएको बताउनुभयो । उहाले आफूलाई गोली हानेर तर्साउन खाजेको , गिरस्तार गर्न खोज्दा देखि अनेक जालझेलको सामना गरेर आएकाले आफूले कुनै गल्ती नगरेको विषयमा भाग्ने होइन चूनौतीलाई समाना गर्ने ढंगले वदेश आएको बताउनुभयो ।
उहाले आफूले भनेभन्दा दुई देशको कार्यक्रम रद्द गरेर आएको बताउनुभयो । उहाले कुरा उठेपछि त्यसलाई सामना गर्नुपर्छ भनेर नै भ्रमण छोट्याएर आएको बताउनुभयो । नेपालाई त्रिभुवन विमानस्थलमा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, उपमहाससिचव गंगालाल तुलाधर लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । उहाले आफू नबिराउनु नडराउनु भन्ने कुरासँग कटिबद्ध रहेको भन्दै आफूबाट कुनै बदमासी नरहेको र बालुवाटार विस्तारमा आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाले नितान्त असल मनसायले नेपाल सरकारको जग्ग नेपाल सरकारको ननममा आउनुपर्दछ भनेर श्रेस्ता कायम गराएको हु र सरकारी जग्गा र अरु मोहीको जग्गा दिने भनेर निर्ण भए अनुसार सात रोपनी फिर्ता ल्याउने काम गरेको भन्दै घटनाक्रमले यस्ता विषय पनि सार्वजनिक हुने भन्दै आफ्नो कुनै पनि संलग्नता नरहेको बताउनुभयो ।
उहाले नेपाल सरकारको जग्गा नेपाल सरकारले लिने भन्ने निर्णय भएकाले सबैले राम्रो ढगले छिनोफानो होस र दोषी कोही नउम्क्युन र निर्दोशन नफसुन भन्ने पक्षमा आफू रहेकाले राज्यलाई छानविनमा सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाले सुन प्रकणका विषयमा एमालेले उठाएको विषयबस्तु प्रति सबै कुराको छिनोफानो संसदबाट गर्नुपर्ने बताउँदै यसलाई अवरोध खडा गर्ने राम्रो नभएको भन्दै संसद खुलाउनु पर्ने बताउनुभयो