काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले अाज पत्रकार सम्मेलनमार्फत अाफ्नाे धारणा सार्वजनिक गर्ने भएको छ । नेकपा एमाले प्रचार विभाग सचिव गगन विष्टले दिनुभएको जानकारी अनुसार दिउँसो १२.४५ बजे पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा अाेलीले पार्टीकाे धारणा सार्वजनिक गर्नुहुनेछ ।
पछिल्लो समय एमाले एक क्विटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिकाे माग गर्दै व्यवस्थापिका संसद र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै अाएकाे छ । एमालेले उठाएको मागमा सरकार सकारात्मक नभए पछि एमाले झन कठाेर बन्ने संकेत देखिएको छ ।
यस्तै अर्को सुन काण्डमा माअाेवादी उपाध्यक्ष कृष्ण बहादुर महराका बाबुछाेराकाे तस्करसँग भएको भनिएको सम्बन्धमा पनि एमाले कडा रुपमा जाने तयारी गरेकाे छ । यस्तै संसदीय समित गठन लगायत अन्य विषयमा अध्यक्ष अाेलीले पार्टीकाे धारणा सार्वजनिक गर्न लागिएको विष्टले जानकारी दिनुभएको । विष्टले सामाजिक सञ्जालबाट पनि पत्रकारहरू जानकारी गराउनु भएको छ ।