सिरहाको गोलबजारमा प्रहरीको गोली चल्यो, एक जनाको मृत्यु, अर्का घाइते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १४, बिहीबार १६:४३

सिरहा । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।


प्रत्यदर्शीका अनुसार प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। गोली लागेर अर्का एक जना घाइते भएका छन्। घाइतेको घाँटीमा गोली लागेको बताइएको छ।
मृतक र घाइते दुवैको पहिचान भने खुल्न सकेको छैन।


गोलबजार क्षेत्रमा प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको बताइएको छ। घटनापछि गोलबजारको अवस्था थप तनावपूर्ण बनेको छ।


घटनाबारे प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *