काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरुले पनि सरकारले ल्याउन लागिएको भनेकाे संघीय शिक्षा एेनकाे विरुद्ध अाज स्थानीय सरकार मार्फत संघीय सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
मुलुकभरका सामुदायिक शिक्षकहरुकाे साझा संस्था नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुले पालिका प्रमुखहरुलाइ ज्ञापनपत्र बुझाएका हुन ।महासंघले बुझाएको ज्ञापनपत्रमा विगतमा महासंघसँग भएको सहमतिलाई लत्याउँदै राहत,अस्थायी ,ईसिडि शिक्षकहरुका विषयमा विधेयक माैन रहेकाे भन्दै त्यसलाई सच्याएर मात्र शिक्षकहरुकाे हित हुने ढंगले विधेयक ल्याउन माग गरेका छन् ।
यसै क्र ममा अाज विदुर,बेलकाेटगढी,लगायत १२ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाएका छन् । यस्तै रसुवा र धादिङका शिक्षकहरुले पनि स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
यस्तेै संस्थागत विद्यालयका संञ्चालकहरुले पनि अान्दोलन गरेका थिए ।तर सरकारले विधेयक सच्याउने प्रतिवद्दता जनाए पछि अाजबाट हुने विद्यालय बन्द कार्यक्रम स्थगित गरेका छन् । स्थानीय सरकारलाई शिक्षकुले माग पूरा नभए थप अान्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानिय सरकारले भने अाफुुहरुले यश बारेमा संघीय सरकारलाई सुझाव दिने बताएका छन् ।

