विदुर । लगातारको वर्षातका कारण नुवाकोट सहित छिमेकी जिल्लाहरुमा बाढी पहिराेकाे जाेखिम बढेकाे छ । अाज बिहानैदेखिकाे वर्षातका कारण नुवाकोट जिल्लाकाे त्रिशूली नदिमा उच्च बाढी अाएकाे छ ।
त्रिशूली र तादीकाे संगमस्थल देवीघाटमा रहेकाे जालपादेवी मन्दिर पुर्णरुमा डुबानमा परेको छ । यस्तै बुधसिंहमा पहिराेका कारण सडक अवरुद्ध हुन पुगेको छ । अन्य खाेला नालामा पनि उच्च गतिमा बाढी अाएकाे छ सडक छेउछाउ तथा भिरपाखा नजिक पहिराेकाे जाेखिम बढेको छ ।
बिहानदेखि परेकाे पानी याे समाचार तयारपार्दासम्म राेकिएकाे छैन । यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले नदी ,खाेलानाला वरपर हिड्दा सतर्कता अपाउन अपिल गरेकाे । जल तथा माैसम विज्ञान कार्यलयका अनुसार भाेलि बागमती प्रदेशका जिल्लाहरुमा वर्षात कारम रहने भन्दै सचेत रहन अपिल गरेकाे छ ।

