काठमाडौं । नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन अायाेग गठनको माग राख्दै अवरोध गरेपछि बैठक स्थगित भएको हाे ।
सभामुख देवराज घिमिरेले संसदकाे नियमित कारबाही सुरु भएको र विषयमा प्रवेश गरेकाे घाेषणा गरे लगत्तै एमालेका सांसदहरूले सुन काण्डमा उच्चस्तरीय छानविन समिति गठनकाे माग राख्दै नाराबाजी गरेपछि सभामुखले भदौ ३ गते अाइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको थियाे । बैठकमा राष्ट्रिय स्वतन्त्र पाटीका सांसदहरूले अाफ्ना कूरा राख्न खाेजेपनि समय पाउन सकेनन् ।
एमालेले लगातार एक महिनादेखि संसद अवरुद्ध गर्दै अाएकाे छ ।
हिजाे मात्रै उसले पत्रकार सम्मेलन गरेर समिति नबनेसम्म संसल अवरुद्घ रहने अडान राखेको थियोे एमालेकाे मागाा सत्ता पक्षभने सकारात्मक देखिएको छैन ।त्रिभुवन विमानस्थलबाट सय किलाे सुन तस्करी गरि लान लागिएको अवस्थामा राजश्व अनुसन्धान विभागकाे टाेलीले पक्राउ गर्न सफल भएको थियाे ।