ककनी ।नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय युवा संघ नेपालले एक महिने अभियान “एक युवा पाँच बिरुवा”कार्यक्रमकाे शुभारम्भ गरेकाे छ ।शनिबार राष्ट्रिय युवा संघ नेपाल र नुवाकोट काठमाडौ सम्पर्क कमिटिकाे अायाेजनामा नुवाकोटको ककनी गा.पा ० वडा न. १ कागती गाउँ महालक्ष्मी मन्दिर परिसरमा विक्षाराेपण गरिएको थियाे ।
पार्टी अध्यक्ष बद्री मैनालीकाे प्रमुख अाथिथ्यतामा भएकाे बृहत बृक्षारोपण कार्यक्रममा अध्यक्ष मैनालीले फलफूलकाे बिरुवा राेपेर कार्यक्रमकाे शुभारम्भ गर्नु भएको थियाे ।कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताकाे बाक्लाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेकपा एमालेले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मैनालीले रुख विरुवा राेपेर समाजलाई हरियाली बनाउने एमालेकाे लक्ष्य भएको भन्दै पार्टी नेता कार्कर्तालाई निर्देशन दिनुभएको थियाे ।युवा संघले एक महिने अभियानमा जिल्लाका १२ वटै पालिका पुगेर अभियान सञ्चालन गर्ने जनाएको छ। कार्यक्रम अध्यक्ष मैनालीले ककनीकाे फाेहाेर व्यवस्थापनका लागि सबै राजनीति दलहरुबीच एकतावद्व भएर समाधान जाेज्नु पर्नेमा जाेड दिनुभएकाे थियाे ।

बिरुवा राेपेर कार्यक्रमकाे शुभारम्भ गर्दै अध्यक्ष वद्री मैनाली : तस्बिर ,नुवाकोट पुकडटकम

फाेहाेर व्यवस्थाथापनका विषय बाेल्दै अध्यक्ष मैनाली ।