विदुर ।नुवाकोट जिल्लाकाे मैलुङ -त्रिशूली सडक खण्डको शुभघाटमा बलेराे दुर्घटनामा भएको छ ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी खगेन्द्र खड्काले जारी गर्नुभएकाे प्रेस नाेट अनुसार एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेम चितवन जिल्ला , भरतपुर नगरपालिका , वडा नं. ३ पुल्चोक बस्ने ५५ वर्षीय होम बहादुर बस्नेत रहेकाे छन् । यस्तै सवारी चालक जिल्ला नुवाकोट, मेगाङ गाउपालिका वडा नं. ५ बस्ने वर्षिय जसवीर तामाङ घाइते भएको जनाइएको छ । दुर्घटना हुने सवारीसाधनमा प्रदेश ०१-०२ झ ६०५६ बोलेरो रहेकाे प्रहरीले जनाएको छ ।
उक्त जिप मेघाङ गाउपालिकाबाट काठमान्डौ तर्फ आउंदै गरेकाे अवस्थाथा विदुरनगरपालिका शुभघाट , त्रिसुली –मैलुङ सडकखण्डमा अनियन्त्रित भै पल्टिदा गाडीमा सवार होम बहादुर बस्नेत र सवारी चालक घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा ल्याईपुर्याउदा होम बहादुर बस्नेतको मृत्यु भैसकेको अर्का घाइते सवारी चालकको खुट्टा लगायतमा चोट रहकोले जिल्ला अस्पातल त्रिशुलीमा उपचार भैरहेको छ ।
निज मृतक लेखापरिक्षक रहेकोले अडिटको क्रममा केही समयदेखि मेघाङ गाउँ पालिकामा रहंदै आएको बुझिएको । अन्य अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय नुवाकोटका सूचना अधिकारी खगेन्द्र खड्काले जारी गर्नु भएकाे अर्विकाे विज्ञप्ति अनुसार पाँचथर जिल्ला पौवा गाउपालिका वडा नं. ५ घर भई हाल जिल्ला नुवाकोट , ककनी गाउंपालिका वडा नं. १ ठुलोखोलामा निर्माणाधिन कोलस्टोरमा दैनिक ज्याला गरी सन्तोष राई र उनकी श्रीमती ४६ वर्षिया मन कुमारी साढुमगर बस्दै आएकोमा आज मितअाज बिहान ०२;३० बजेको समयमा संगै सुतिरहेको श्रीमतिलाई उठाउन खोज्दा नउठेपछि, मृत्यू भैसकेकोले प्रहरी तथा स्थानीयलाई खबर गरि घट्ना बारे श्रीमानले जानकारी गराएको र लाश पोस्टमार्टमको लागि राजधानीकाे त्रिवि शिक्षण अस्पताल पठाइएको जनाईएकाे छ । प्रहरील अनुसंधान जारी रहेको विज्ञप्तिममा उल्लेले गरिएको छ ।
