काठमाडौं । नेपाल याल निगमले फेरि मूल्य समायोजन गरेकाे छ ।स्वचालित मूल्य प्रणाली लागू गरेकाे निगमले भारतीय आइओसीले मूल्य बढाएको भन्दै नेपालमा पनि बढाएको छ ।
निगमले खाना पकाउने ग्यासमा २३५ रुपैया बढाएकाे छ भने पेट्रोल ,डिजेल र मट्टीतेलमा क्र:मश ४ र ३ रुपैया बढाएको छ ।निगमले केही दिन अघि पनि मूल्य बढाएको थियाे ।पेट्रोलियम पदार्थको मूल्य बढेपछि सवारीसाधनकाे भाडा पनि बढेको थियोे ।आर्थिक मन्दीकाे समस्या खेपिरहेका नागरिकका लागि यसले थप मार पार्ने अवस्था छ ।
