देउवा समूहले सभापतिको ‘नेमप्लेट’ दुरुपयोग गरेको भन्दै कांग्रेसको आपत्ति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ५, शुक्रबार १५:४१

काठमाडौं ः निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापन इतर समूहले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको हो। कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले इतर समूहको कार्यालय चुनदेवीमा सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग गरिएको बताए।

इतर समूहको राष्ट्रिय भेलामा सभापति गगन थापालगायत पार्टीका नेता तथा कार्यकर्तालाई आँच आउने गरी गलत आरोप लगाईएको पनि संयोजक गुरुङको भनाई छ। त्यी आरोप र शब्दहरु पनि अनुशासन समितिले संकलन गरिरहेको उनले बताए।

यस्तै संयोजक गुरुङले गत निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनका बिषयमा समितिमा हालसम्म प्राप्त ७ सय ५४ वटा निवेदनमाथि अनुसन्धान भईरहेको बताए। महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वडा अधिवेशन सुरु हुनुअगावै उचित निर्णय गरिने गुरुङको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *