
फाइल, तस्बिर
विदुर । राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान अन्तर्गत नुवाकोट जिल्लामा हालसम्म ५९ हजार ६ सय २९ जनाले व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अन्ुसार १२ पालिका मध्ये यो समाचार तयारपार्दासम्म ७ वटा पालिकामा व्यक्तिगत विवरण संकलन कार्य सम्पन्न भएको छ । हाल दुई वटा पालिका तादी र शिवपुरीमा संकलनको काम भैरहेको छ ।
कार्यालयबाट प्राप्त विवरण अनुसार म्यागड. गाउँपालिकामा ६ हजार १२ जनाले व्यक्तिगत विवरण दर्ता गराएका छन् । यस्तै दुप्चेश्वरमा ८ हजार ७ सय ३८,किस्पाड.मा ५ हजार ३ सय ८५, तारकेश्वरमा ८ हजार २ सय २९,सुर्यगढीमा ६ हजार ८ सय ४७ लिखुमा ६ हजार ६ सय ३५बेलकोटगढी नगरपालिकामा १५ हजार ७ सय ९० , तादी गाउँपालिकामा संकलन काम भैरहेको र हालसम्म १८१० जनाले दर्ता गराएका छन् ।
यस्तै शिवपुरीमा १सय६३ जनाले दर्ता गराएका छन् । संकलनको लागि टोली खटिन बाँकी स्थानीय तहहरुमा विदुर नगरपालिका ककनी गाउँपालिका र पञ्चकन्या गाउँपालिका रहेका छन् । नेपाल सरकारले हरेक कामका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि यसलाई सबै नागरिकको पहुँचमा पुर्याउनका लागि स्थानीय तहसँग सहकार्य गरेर जिल्ला प्रशासनले आफ्ना कर्मचारी मार्फत व्यक्तिगत विवरण अनलाइनबाट संकलन गर्दै आएको छ । आवश्यक पर्नेले जिल्ला प्रशासन कार्यालयबाट नै लिने व्यवस्था भएपनि पछिल्लो समय सर्वसाधारणका लागि सहजताका लागि सम्बन्धित वडाबाट नै व्यक्तिगत विवरण संकलन गरिएको हो