
स्मार्ट कन्र्टाेल रुमको रिबन काटेर उद्घाटन् गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ,साथमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितका अतिथिहरु ः तस्बिर,जिप्रका नुवाकोट
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटद्धारा स्मार्ट कन्टोल रुपमा सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निर्माण गरिएको स्माट कन्टोर्लल रुपको आज एक औपचारिक कार्यक्रम संचालन गरी विधिवत रुपमा उद्घाटन गरिएको छ ।
कार्यक्रममा सहभागि अतिथिहरुसहितको संयुक्त फोटोसेसन गरिँदै
कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा तथा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका नगर तथा गाउँपालिका प्रमुखहरु तथा उपप्रमुखहरु, जिल्ला अन्तर्गतका सरकारी कार्यालयका प्रमुख , सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु पत्रकार , उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष तथा प्रतिनिधिहरु जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीज्यूहरु, नेपाल पूर्व प्रहरी संगठन जिल्ला समिति नुवाकोटका पदाधिकारी साथै गैरसरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगायत प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्टोल रुपबाट प्रवाह हुने प्रहरी सेवा सम्वन्धमा प्रष्ट पार्नु भएको भयो ।कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले प्रहरी काम कारवाहीलाई प्रविधिमैत्री रुपमा विकाश गर्न स्मार्ट कन्टोल रुपले आजको आवश्यकता पूरा गर्ने धारणा राख्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयले प्रहरी उक्त कन्टोल रुपमार्फत जिल्लाको शान्ति सुरक्षा स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएको छ ।