रसुवामा चिनियाँ क्षेत्रबाट अकास्मात बाढी आएको छ। भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा रसुवादेखि त्रिशूली नदीका अधिकांश पुलहरु सबै बगाएको छ । टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।
‘भोटेकोशीमा चिनियाँ क्षेत्रबाट ठूलो बाढी आएको छ। गोसाइँकुण्ड गाउँपालिका- २ को टिमुरे र वडा ५ को स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको देखिन्छ,’ उनले भने।
भन्सार विभागका महानिर्देशक खेमलाल भुसालले टिमुरे क्षेत्रमा बाढी आएको भनेर त्यहाँका कर्मचारीले बिहान ८ बजे खबर गरेको बताए।
‘अरू के के भयो भन्ने कुरा आएको छैन। साथीहरु कति हुनुहुन्छ भन्ने मै छौं हामी। ६/७ जना सम्पर्कमा हुनुहुन्छ। अरू फोन पनि लागेको छैन,’ उनले भने। सहायक सिडियो अधिकारीले तल्लो तटीय क्षेत्रमा पनि खबर गरिसकेको बताए। ‘नुवाकोट र धादिङलाई पनि खबर गरिदिएको छु। बाढी चाहिँ अकल्पनीय छ। ठूलो छ,’ उनले भने।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्