
विदुर । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यालयले त्रिशुली अस्पतालमा रक्तदान, स्वास्थ्य परीक्षण तथा बिरामीहरुलाई फलफूल वितरण गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रकारी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित लगायतका जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

यस्तै प्रजिअ पौडेलले त्रिशुली अस्पतामा भर्ना बिरामीहरुलाई फफूल वितरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारीसहित अन्य सहभागिहरुले स्वास्थ्य जाँच समेत गराउनु भएको त्रिशुली अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।सो अवसरमा अस्पतालका लागि प्रेसर जाच्ने मेसिनसहितका स्वास्थ्य सामाग्री समेत सहयोग गरिएको बताइएको छ ।
