
विदुर । टोखा–छहरे सुरङ्ग मार्गको ((EIA) वातावरणीय प्रभावका विषयमा जानकारी लिनका लागि अर्थमन्त्रीसहितको टोली भोलि नुवाकोटको शिवपुरी गाउँपालिकास्थित बोहोरेसम्म आउने भएको छ । भोलि सोमबार दिनको २ वजे अर्थमन्त्री डा. प्रकाशशरण महत,भौतिक पुर्वाधारमन्त्री प्रकाश ज्वाला तथा वन मन्त्री सहितको टोली शिवपुरि ७ र ८ सुनखानी वोहोरेखोला आसपास सम्म जाने कार्यक्रम रहेको अर्थमन्त्री डा. महतको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंको टोखाबाट छहरेसम्म सुरुड.मार्ग निर्माणका लागि अर्थमन्त्री डा. महतले यस आर्थिक वर्षका लागि एक अर्ब बजेट विनियोजन गर्नुभएको थियो । अर्थमन्त्री महतले हिजो नुवाकोटमा भएको एक कार्यक्रममा एक दुई दिनभित्रै वातवरणीय प्रभावका बारेमा प्रतिवेदन तयार हुने र सो प्रतिवेदन चीन सरकारलाई बुझाए लगत्तै काम सुरु गर्न विषयमा चीन सरकार सकारात्मक भएको बताउनु भएको थियो ।
उहाले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा चीन सरकारसँग नेपालले सुरुड.मार्गका निर्माणलाई मुख्य प्रस्तावका रुपमा राख्ने जानकारी समेत दिनुभएको थियो । उहाले यसमा धेरै जटिलता भएकाले धैर्य गर्न आग्रह गर्दै सुरुड. मार्ग बनाएर छाड्ने प्रतिवद्धता जनाउनु भएका थियो । प्रधानमन्त्री चीन भ्रमणअघि नै वातावरणीय प्रभाव मुल्याड.कन गर्ने उदेश्यकासाथ सरकारका मन्त्री आफै उत्तः मार्गको अवलोकनका लागि भोलि जान लागेको बताइएको छ । टोलीमा सडकको अवस्था, उक्त क्षेत्रमा पर्ने वन जंगलको वास्तविक तथ्याड.का साथै अन्य विषयमा जानकारी लिनका लागि मन्त्रीहरुको टोली जाने तयारीमा रहेकोब बताइएको छ ।
विगत दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो । सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता समेत भैसकेको छ काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो। टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्नेछ ।
हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ । सुरुड.मार्ग निर्माणसँगै नुवाकोट, रसुवा जिल्लाको विकासले फड्को मार्ने छ । यसका लागि केही समय कुर्नुपर्ने हुन्छ ।