
काठमाडौं । नेपाल चिकित्सक संघले विभिन्न सञ्चार माध्यमहरुमा सर्व साधारण नागरिकहरुलाई भ्रममा पार्ने गरीFood Supplement/Nutraceuticals/Dietary Supplement हरुलाई प्रतिबन्धित भएका औषधी भनी चिकित्सकबाट सिफारिस गर्न नहुने जस्ता अत्यन्तै भ्रामक समाचार र सूचना सम्प्रेषण गरिएकोमा आफ्नो गम्भीर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव डा. सञ्जिव तिवारीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कुनै पनि रोगको स्वास्थ्य उपचारका क्रममा विरामीलाई आवश्यकता अनुसार औषधी तथाFood Supplement/Nutraceuticals/Dietary Supplement सिफारिस गर्ने अधिकार चिकित्सकहरुमा निहित रहेको व्यहोरा स्पष्ट पार्नुभएको छ ।
चिकित्सकहरुले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृती प्रदान गरेकाSupplement/Nutraceuticals/Dietary Supplement हरु विरामीको रोग, उमेर र आवश्यकता अनुसार स्वास्थ्य उपचारमा सहयोगी सावित हुने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सिफारिस गर्दै आईरहेको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ विज्ञप्तिमा भनिएको छ ।
ऐन, कानून बिपरित कुनै पनि संघ संस्थाको नाममा यो या त्योFood Supplement/Nutraceuticals/Dietary Supplement सिफारिस नगर्नु भनी चिकित्सकहरुलाई निर्देशन दिने अधिकार सरोकारवाला बाहेकका निकायलाई नभएको व्यहोरा जानकारी गराउँदै त्यस्ता प्रकारका अस्वाभाविक र गैर कानूनी गतिविधिहरुबाट चिकित्सकहरु भ्रममा नपर्न समेत विज्ञप्ती मार्फत प्रष्ट पारिएको छ ।