
कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत,साथमा नाडाका अध्यक्ष ध्रुब थापासहित उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकालसहितका अतिथिहरु ः तस्बिर, नुवाकोट पुकार डटकम
काठमाडौं । अर्थमन्त्री प्रकशशरण महतले नेपाल राष्ट्र बैंकले सानु सानु कुरामा हस्तक्षेप गरेको भन्दै असन्तु्ष्टि व्यक्त गर्नुभएको छ । आज राजधानीमा सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनु भएको हो ।
उहाले राष्ट्र बैंकले अर्थतन्त्रलाई सहज बनाउने भन्दा साना कुरामा हस्तक्षेप गरेको बताउनुभयो । उहाले अर्थतन्त्र सुधार हुँदै गएको उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सरकार तयार रहेको भन्दै यसले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको. उल्लेख गर्नुभयो ।
नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले अटोलाई विलासीको वस्तुको रुपमा हेरेकोले समस्या भएको उहाको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा