
सफलता बोगटी
युवाहरुले भन्नुपर्छ– मेरो विचारमा विश्व त्यस्तो होस जहाँ मानिसहरुको दिमागमा युद्धको सोच नजन्मीयोस सधै शान्तिले मनमा बास गरीरहोस । त्यस्तो विश्व जहा सैनिक प्रतिस्पर्धा कम होस र आर्थीक प्रतिस्पर्धा बढी होस । देशहरु अनुदान र सहयोगमा होइन आपसी ब्यापार र लगानीमा केन्द्रीत बनून । त्यस्तो विश्व जहा गरीब र धनी बिचको खाडल कम हुदै एउटा आर्थीक समानता र आर्थिक स्वतन्त्रताको समाज निर्माण होस । यस्तो विश्व जहा जातीभेद, रङभेद, वर्गभेद र लिङगभेदको अन्त्य होस र धार्मीक सहिशुष्णता र समाजीक सद्भाव फैलीयोस ।
यस्तो विश्व जहा मानव अधिकार लोकतन्त्र र सुसासन मानिसहरुको ब्यवहारमा प्रकट होस । भ्रष्ट्रचार दण्डहिनता र ढिलासुस्तीको संयुक्त रुपमा डटेर बिरोध गरीयोस । यस्तो विश्व जहाँ अवसरबाट पछाडी पारीएका नागरीकहरुलाई बिकासको केन्द्रबिन्दुमा राखियोस । यस्तो विश्व जहा देशहरु बिचमा इन्टरनेसनल टेन्सन होइन रेसिप्रोकल सम्बन्ध रहोस । देशका नागरीकहरु शारीरीक, मानसीक र सामाजीक रुपमा सदा स्व्स्थ्य रहुन । अन्याय, अत्यचार, शोषण, दमन जस्ता पुराना शब्दहरुको ठाउँ औधोगीक, बिकसीत र आधुनिक शब्दहरुले प्रतिस्थापन गर्न सकुन । राष्ट्रिय र क्षेत्रीय स्वार्थ भन्दा मानव जाती, पशु र बनस्पतीको हित सबैको साझा स्वार्थ बनोस । त्यस्तो विश्व जहाँ प्रत्येक ब्याक्तीले आफुलाइ हेपीएको ठगीएको र बञ्चित गरीएको महसुस गर्न नपाओस । सबै परीवार विज्ञान र प्रबिधीले भरीपुर्ण बनुन । त्यस्तो विश्व जहाँ कृषी ब्यापार र सेवामा रोजगार र स्वरोजगारले बेरोजगारलाई पराजीत गरोस । लैङगीक समाजीक भेदभाव जस्ता अमानबियकरणलाई समतामुलक समाज र बहुलबादले बिजय गरुन ।
त्यस्तो विश्व जहाँ सबै देशको समान रुपमा आर्थीक समाजीक र राजनैतीक बिकास होस र सबै श्रोत साधनको न्यायपुर्ण ढङगले समाजमा बितरण गर्न सकियोस । त्यस्तो विश्व जहाँ प्रत्येक ब्याक्ती सर्बोपरी गुणले सुसम्पन्न र स्वतन्त्र बनोस । त्यस्तो विश्व जहाँ पुरानो पुस्तालाइ मान सम्मान, युवा पुस्तालाइ धन र सन्तान र नयाँ पुस्तालाइ उत्तम ज्ञान प्राप्त होस । पृथ्वीमा जन्म लिने हाम्रा लालाबालाहरुले हर्षका बाहेक बिस्मतका अाँसु झार्न नसीकुन । त्यस्तो विश्व जहाँ सबै ब्याक्तीले भोक, प्यास, निन्द्रा, सेक्स जस्ता जैवीक आवश्यकता र सडक, विजुली, पानी, सञ्चार, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता समाजीक आवश्यकताहरुबाट वञ्चित हुन नपरोस । यस्तो विश्व जहाँ हाम्रा छोराछोरीका बुबा, आमा मरेर गएपनि उनिहरु तिन त्रिलोक चौध भुवन र १० दिशाका आदर्श नारी र पुरुषोत्तम बनिरहुन । त्यस्तो विश्व जहाँ दन्द्धवाद भनेको हाम्रो मन भित्रको दन्द्ध हो र हाम्रो मनको दन्द्धले के भन्छ बनौं कि नबनौं, गरौं कि नगरौं, हामिले आफ्नै मनसगको दन्द्ध जितौं । त्यस्तो विश्व जहाँ युवाहरुले आफ्नो जीवनको सवलता र दुर्वलता, आर्थीक र राजनैतिक सामथ्र्य, चुनौति र अवसरहरु तथा इतिहासले छोडेर गएको उत्तरदायीत्वलाई पहिचान र वहन गर्न सकुन । यस्तो विश्व जहाँ युवाहरुले आफ्ना गरम र नरम आन्तरीक र बाह्य, संगठन र संरचनालाई विश्व मञ्चमा उपस्थीत गराउन सकुन ।
पहिले नै विश्व बजार कब्जा गरेर बसेको शक्तीसग युवा शक्तीले टक्कर दिन सकुन र बस्तु र सेवा कब्जा गर्न सकुन । सत्ता कब्जाको त कुरै छोडौ । युवाहरुले जीवनमा जाखिम व्यवस्थापन गर्न र जिवनका चुनौतीहरुसंग मुकाविला गर्न सिकुन । त्यस्तो विश्व जहाँ विश्व भरीको एउटै सरकार, एउटै भाषा, एउटै मुद्रा, एउटै कानुन र संसारभरी फ्री भिस्सा होस । त्यस्तो विश्व जहाँ हामिले प्राकृतिक प्रकोप वातावरणीय विनास ससास्त्रको होडबाजी, आन्तरीक र वाह्य दन्द्ध भाइरसबाट संक्रमीत हुने भयङकर रोगहरु आदी हामि मानव जातीका साझा शत्रुहरुबाट हाम्रो मानव जातिलाई बचाएर एउटा नयाँ युग एउटा नयाँ जीवन पद्दती र एउटा नयाँ विश्व ब्यबस्था सहित तिमीहरुलाई यो सुन्दर समाज र सुरक्षीत भविष्य हस्तानतरण गर्न सफल भएका थियौं भन्ने आभाष हाम्रा सन्ततीहरुलाई गराउन सकौं । फ्रान्सका इतिहासकारले लेखेका थिए – फ्रान्सेली राज्य क्रान्तिका बारेमा जसले सुने ती राम्रा हुन्, जसले पढे ती धेरै राम्रा हुन्, जसले देखे ती उत्तम हुन्, जो संलग्न भए त्यो स्वर्ग हो र त्यो क्रान्तिमा जो युवा थिए त्यो त महास्वर्ग नै थियो । हलिउडकि प्रसिद्ध युवा अभिनेत्री केट विन्स्टेटले भनिन् ‘जीन्दगी अत्यन्तै छोटो छ, जति रमाइलो र मस्ति गर्न मन लाग्छ आज नै गर्नुपर्छ, भोली भोली भनेर बस्ने दिन छैन त्यस्तै केही नयाँ सिक्न पनि आजबाट नै सुरु गर्नुपर्छ ।’ नेपालका युवाहरु सिंहका बच्चाहरु हुन्, तर उनीहरुलाई बुढो ब्वाँसो र फ्याउराहरुले हेपिरहेका छन् । युवाहरु इतिहासका जिउँदा पात्रहरु हुन उनीहरुले देश विकाश गरे भने उनीहरु मानव इतिहासमा धन्यवादका पात्रहरु हुनेछन्, देश विकास गरेनन् भने उनीहरु अपराधी पात्र बनेर इतिहास भर बाँचिरहनेछन् ।
आज हामी जे छौ त्यो हिजोको कर्मको परिणाम हो । आज जे गर्छाै, भोली त्यो प्राप्त हुन्छ । युवाहरु अव गन युद्धबाट हार भैसकेका छन् त्यसैले उनीहरु धन युद्ध र मन युद्ध तर्फ लाग्नुपर्छ । युवाहरुले खराव परम्परालाई एड्स, खराव कानूनहरुलाई क्यान्सर र खराव नीतिहरुलाई ब्रेन हेमरेज रोगहरु लगाईदिनुपर्छ । युवाहरु ! सय जनाको बिचमा एक हिरो जन्मन्छन्, हजार जनाको बीचमा एक विद्धान जन्मन्छ, लाख जनाको बीचमा एक राजनीतिज्ञ जन्मन्छ भने करोड जनाको बीचमा एक राजनेता जन्मन्छ । नेपालको हालको असन्तुलित, अनियमित, अव्यवस्थित, अनियन्त्रित स्थिति हटेर मन्त्र, तन्त्र र यन्त्रको ठूलो बिकास हुनेछ ( मन्त्र – उच्चकोटीको विचार र योजना, यन्त्र– उच्चककोटीको विज्ञान र प्रवधि र तन्त्र– मन्त्र र तन्त्रले संयुक्त रुपमा गर्ने काम) । यसका लागि युवाहरुले आफ्नो ज्ञान, विज्ञान र अज्ञान बारे थाहा पाउनु पर्छ । आफ्नो शारिरिक र मानसिक क्षमताको सक्दो विकास गर्नु ज्ञान हो । ज्ञानको प्रयोगवाट कुनै बस्तु वा सेवाको सक्दो सदुपयोग गर्नु विज्ञान हो भने ज्ञान र विज्ञानको प्रयोग नगरेर सधैं आफूलाई सबै अवसरहरुबाट बञ्चित गराउनु अज्ञान हो । जस्तो– युवाहरु ! पैसा नभएर होइन पैसा कमाउने तत्परता नभएर मात्र गरिव बनिन्छ । युवाहरु भनेका प्रयोग नगरिएका नयाँ संभावनाहरु हुन् । हाम्रा नेता जस्ता विचारमा सर्वहारा तर व्यवहारमा शोषकका प्यारा होइनन् ।
युवाहरुले नयाँ नेपाल होइन दामी र नामी नेपाल बनाउनेछन् । युवाहरुको भनाई छ काठमाण्डौमा जे चाहिन्छ पूर्व, पश्चिम, उत्तर र दक्षिणलाई पनि त्यही चाहिन्छ । युवाहरु सवै सफलता असफलताका पछाडि कारण खोज्नुपर्छ, के कारणले हामी नेपाली गरिव भयौं, किन हामी युरोपियन, अमेरीकन जस्तो सजिलै विश्व भ्रमण गर्न सक्दैनौं । नेपाल गरीव बनाउनमा कसको हात छ । गरीव बनाउनेलाई दण्डित बनाउनु पर्छ कि पर्दैन ? के राजनीति भनेको गुण्डा र भागबण्डा मात्र हो ? आज सम्म कसले केका लागि राजनीति गरेछ, के राजनीतिक आन्दोलन सिमित नेताको सान, मान, सम्मान र अरु दुनियाँको अपमानको लागि गरिएको हो ? राजनीतिमा सुधार गर्न विद्यार्थीको कस्तो भुमिका हुन्छ ? के युरोप, अमेरिका, जापानका युवाहरु नेपाली जस्तो अरुको दास बन्न हिँडेको भए ती मुलुकहरु आजको विश्वको सपनाको संसार बन्थे त ! गैह्री खेत र टार बारी बाँझो राखेर खोरीया फाँड्न नसकेर कोरीया तिर हिड्ने युवालाई के भन्ने, के नभन्ने । हामीले सरकार र प्रशासन बनायौं तर आजसम्म हामीले बनाएको सरकार र कर्मचारीले तलब भत्तामा मस्ती गर्नु बाहेक केहि गरेन त्यसैले अहिले सम्मका सांसद सदस्यहरु, सरकार कर्मचारीहरुले कुनै नयाँ काम गर्दैनन् । आजसम्मका राजनीति दस्तावेज, संविधान र कानूनले पनि नेपालको विकास गर्न झिँगो मार्दैनन् । त्यसैले देशमा राजनीतिक, आर्थिक, सामाजिक र अन्य क्षेत्रको विकास गर्न विद्यार्थीहरुको राजनीतिक दल आवश्यक छ । विद्यार्थी सरकारले हर क्षेत्रमा राष्ट्रिय संकल्प तयारी गर्छ । जस्तो देशमा १० वर्षमा कुन कुन क्षेत्रमा र कसता कसता प्गत िगरनिेछ भनेर । यसका लागि स्थानीय देखि विश्व स्तरका विज्ञहरुबाट संभावना र उपायको खोजि गरेर रणनीति र कार्यनीति बनाईनेछ । विकासमा वाधा पु¥याउने जो कोहिलाई पनि बाँकी राखिने छैन । यसरी राष्ट्रिय संकल्पका प्रस्तावहरुद्धारा सवै नागरिकहरुलाई भोक, प्यास, निन्द्रा र यौन जस्ता जैविक आवश्यकता पुरा गरिनेछ । जैविक आवश्यकता पछि सडक, शिक्षा, स्वास्थ्य, सूचना, बिजुली, पानी जस्ता भौतिक पूर्वाधारहरुमा जोड दिईनेछ । स्थानिय सरकार तपाईको व्यक्तिगत जीवनसँग सम्बन्धित हुनेछ । तपाई भोकै बस्नु, वेरोजगार हुनु, विदेश जान नपाउनु, पैसाको सधै अभाव हुनु, काम गर्ने उपाय नजान्नु आदि सवै सरकारको चासोको विषय हुन् तपाइको चासोको विषय होईनन् । हामीले युवाहरुलाई नाई, होईन र छैन भन्ने सिकाउनु हुदैन । युवाहरुलाई ४ कुराहरु सिकाउनु पर्दछ ः १. नेपालको विकास गर्नुपर्ने रहेछ, २. नेपालको विकास गर्न सकिने रहेछ, ३. विकासका लागि विद्यार्थी सरकार आवश्यक रहेछ, ४. विद्यार्थीको सरकार बनाउन सकिने रहेछ । युवाले काम सुरुवात गर्नु पूर्व तीन कुराहरु सोच्नु पर्दछ ः १. आफ्नै आत्मालाई सोध्नुपर्छ यो काम ठिक छ, २. यसबाट समाजलाई कति फाईदा छ र ३. यसबाट मलाई कसरी कति फाईदा छ । युवाहरुले ६ कुराहरु विर्सनु हुदैन ः १) सक्रिय नागरिक समाज नै विकसित लोकतन्त्र हो, २. विकसित अर्थतन्त्रमा मात्र लोकतन्त्र बाँच्न सक्छ, ३. उत्पादनमा बृद्धि गरेर मात्र समाजमा समान वितरण संभव छ, ४. पुँजिवादको पूर्ण विकास नभए सम्म साम्यवादको सुरुवात हुन सक्दैन भन्ने माक्र्सवादको केन्द्रिय तर्क छ, ५. कुनै विषयमा चिन्तन गर्नु भन्दा कल्पना गर्नु बढी व्यवहारिक हुन्छ र ६. हिजोका घटनाहरु केवल सम्झना मात्र हुन् । भविष्यका सोचाईहरु केवल कल्पना मात्र हुन् । तसर्थ वर्तमानको योजना सफल बनाउन मात्र ध्यान केन्द्रित गर्नुपर्छ । युवाहरुले उम्मेद्धारलाइ भोट दिँदा उसको १.अनुभवका लागि भोट, २.परीवर्तनका लागि भोट र ३.थप सुविधाहरुका लागि भोट मध्य एउटा पक्षलाइ समातेका हुनेछन अथवा यी ३ मध्ये एउटालाई रोज्नुपर्ने हुन्छ । राजनीतिको साइड लाईनमा बसेका हाम्रा विद्यार्थीहरुलाई राजनीतिको पाईप लाईनमा ल्याएर संसद वा नपा वा गापाको प्रमुख बनाउने गाइड लाइनमा पु¥याईनेछ ।
यसपालीको चुनावी जनमतमा विगतका नेता प्रति असहमत जनाउदै उनिहरुलाई अल्पमतमा पारर नयाँ जमातलाइ बहुमत दिन हामी सहमत बन्नुपर्छ । नेताहरु चुनावको बेला विद्यार्थीको पैतला जिब्राले चाट्छन र चुनाव पछि बिद्यार्थीको निधारमा कुल्चीएर टुटुल्कै टुटुल्का पार्छन । अमेरिकि विद्यार्थीहरुमा तपाई राष्ट्रपती पदका लागि व्यक्तित्व कि एजेण्डालाई भोट दिनुहुन्छ भनेर गरेको मत सर्वेक्षणमा एजेण्डा पुरा गर्ने व्यक्तित्वलाई भोट दिन्छु भन्ने परिणाम आएको थियो । हामी युवाहरु जताततै विजयी र सम्मानित हुनुपर्छ न कि जताततै तिरस्कार र अपमानित । अब भ्रष्ट नेताहरुलाई कारावास र प्रवास, युवाहरुलाई रोजगार र आवास हुनेछ । युवाहरुले अबको चुनावमा अलक्षिण र कुलक्षिण नेताहरुलाई हराएर सम्भावनावाला लक्षिणै लक्षिण र महालक्षिणले भरिपूर्ण युवालाई जिताउन भोट दिनुपर्छ । युवाहरु असफल पार्टीका अण्डरवियर, लंगौटी, कट्टु, हाफ पेन्ट, जुत्ता, मोजा, पेन्टी बन्नुहुदैन । तपाई त सफल पार्टीको शिरबन्दि, ताज, गरगहना, गगल्स, चन्द्रविन्दु, टाईसुट बन्नुपर्छ । विगतका नेताहरु हार र असफलताका थाकहरु हुन्, जसले हाम्रो समाजलाई थोत्रो, कुहिएको, बासी, सडेगलेको, मक्किएको र सीनु बनाए । देशका बाँकी बक्यौदा दर्शन भएका पार्टीहरु र संक्षिप्त लुगा लगाउनेहरुको स्थिति एउटै भैसक्यो । सिंहदरबारमा बसेर देशको ढुकुटी सकेर बर्दियाको बदेलको सुकुटी खाने नेताहरुलाई गरिवको झुपडी र युवाहरुको खोपडीबाट भोट हाल्ने विचारै आउँदैन । कुनै युवा वेरोजगार छ भने उसको गल्ति छैन उसलाई नेपाल सरकारले वेरोजगार बनाएको हो । वेरोजगार भएपछि उ सधैं राजनीति पार्टीको कार्यकर्ता बनिरहन्छ ।
नेपालका नेताहरुको अलिकति मनमति सहमतिमा लागेमा नेपाल आमा धनमति हुनेछिन् । नेपाल धनी बनाउने भनेर नेपालमा सबै आन्दोलनहरु भईसके जस्तो राजनीति, मधेशी, जनजाति, महिला, दलित, कृषक आदि । अव एउटा मात्रै आन्दोलन बाँकी छ त्यो हो विद्यार्थी आन्दोलन । नेपाली युवाको देश गरिव भयो भन्ने छटपट र खटपटलाई विद्यार्थी आन्दोलन झटपट आराम हो । यो आन्दोलन नेपालको सबै स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय समस्याहरुको समाधान हो । त्यसैले विद्यार्थीहरुको सरकार समाधानको पहाड हो । यदि राजनीति रुख हो भने आजसम्म विद्यार्थीहरु मल हाल्ने खेताला मात्र थिए तर नेता फल टिप्ने र खाने मालिक थिए । यस्तै राजनीति गाई हो भने घाँस हाल्ने र गोवर सोर्ने विद्यार्थी थिए भने बहर गोरु बन्ने र दुध खाने नेताहरु थिए तर अब विद्यार्थीहरुले रुखमा आफैं मल हाल्छन् र आफै स्वादिलो फल खान्छन् त्यस्तै गाईलाई आफै घाँस हाल्छन् र हाम हाम १०० गाँस दुध भात खान्छन् । नेताहरुले देखाउने गरेको रंगभेद र जातिभेद दन्द्ध, सामन्ति र कृषक, पुँजिपति र मजदुर र मालिक र दासबिचको राजनीतिको अन्त्य भैसक्यो । अबको विश्व राजनीति अन्तरिक्ष माथिको मानवजातिको विजयमा केन्द्रित हुनेछ । नेपालका गरिव मान्छेहरु सरकारी जागीर खाएरै धनि बनेका छन् उनीहरुको गरिवी सरकारले हटायो भने साधारण जनताको पनि गरिवी सजिलै हट्छ । उनिहरुको राज्य कोषबाटै अथाह सम्पत्ति भयो भने गरिव जनताको पनि अथाह सम्पत्ति हुन्छ । हामी जनता पनि संकुचित विचार, संकृणता, हिनतावोध, परम स्वार्थीपनका धनि छौ । पहिला हामी यी विचारमा गरिव वनौं । त्यसैले विचार कसले ल्यायो भनेर होईन कस्तो विचार आयो भनेर विश्लेषण गरौं । दिल्लीमा पानी पर्दा काठमाण्डौंमा छाता ओढिन्छ, बेईजिङ्गमा जाडो बढ्दा काठमाण्डौमा आगो तापिन्छ, वासिङ्गटनले टन्न खाँदा काठमाण्डौं दिसा गर्न झाडीतिर लाग्छ भन्ने हिजोको मानयता हो । हाम्रो समाजको राजनीतिक, आर्थिक, धार्मीक, अन्धकार हटाउन वत्ति बनेर अरु जल्दैन्न भने, तिमी युवा जल्दैनौ भने र म पनि जल्दिन भने तव कसले हटाउला यो अन्धकार । हाम्रो समाजमा किन आर्थिक, सामाजिक र मानसिक गरिवी छ भने हामी कसैले पनि हामी किन गरिव भयौ र कसरी धनी बन्न सकिन्छ भन्ने विषयमा कहिल्यै पनि बहस र छलफल गरेनौ । हामी धनी बन्न सकिदैन भन्ने विश्वास अविश्वासमा अल्झियौ । हाम्रो आफ्नै मनले हामीलाई अगाडी बढ्न रोकेको हो । हामीले पुरानो पुस्ताको नीति र कार्यक्रममा विश्वास गर्ने अरुकोे नयाँ नीति र कार्यक्रमममा विश्वास नगर्ने हो भने हाम्रो युवा पुस्ता पुरानै पुस्ताको मान्यतामा रोकिनेछ नयाँ प्रगति गर्न र देख्न पाउनेछैन । लेखक ः सांसद छात्रविद्यार्थी संघको अध्यक्ष हुनुहुन्छ