
काठमाडौं । चीनको केरुड.सम्म जाने छाटो मार्गको रुपमा रहेको टोखा छहरे सुरङ्ग मार्गको ((भ्क्ष्ब्) वातावरणीय प्रभावका विषयमा जानकारी लिनका लागि अर्थमन्त्रीसहितको टोलीले सोमबार अवलोकन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतसहितको टोलीले शिवपुरी गाउँपालिकाको चापाबोटसम्म पुगेर सुरुड.मार्गको वातावरणीय प्रभावका विषयमा अवलोकन गरेको थियो । सोमबार दिउँसो अर्थमन्त्री डा. प्रकाशशरण महत,भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला तथा वन मन्त्री विरेन्द्र महतो, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाड.,विमला सुवेदीसहति सम्बन्धित मन्त्रालयका सचिव, सहितको टोलीले सुरडंमार्गको सम्बन्धित क्षेत्रसम्म पुगेको अवलोकन गरेको थियो ।
अलोकनका क्रममा नुवाकोटतर्फ सुरुड.मार्ग निस्कने तीनवटा विकल्प तयार पारिएको छ । यस्तै टोखा नगरपालिकाको झोरतर्फ भने दुईवटा विकल्प तयार पारिएको छ । उक्त विकल्प अनुसार सबैभन्दा छोटो दुरी साढे तीन किलोमिर रहेको सो दुरी टोखा नगरपालिकाको टोखा झोरहुँदै शिवपुरीको चापाबोटसम्म मात्र हुनेछ । चापाबोटबाट छहरे पुग्न अझै १० किलोमिटर रहेको छ । यसरी सुरुड.मार्ग बनाउँदा त्यति धेरै उपलब्धि हुने दखिएको छैन । जम्म १० किलोमिटर सडककमा सुरुड. बनाउँदा ४ किलोमिटर मात्रै सुरुड. बन्ने छ । जसको लागत करिब ४० अरब खर्च हुने अनुमान गरिएको छ । टोखा–छहरे सुरुङमार्ग बने ७ किमिको हुनेछ । भौगोलिक रुपका कारण टोखाबाट चापाबोटसम्म मात्र सहज हुने देखिएको छ । त्यो भन्दा तल बोहेरेखोलासम्म जाँदा ओरालो बढि हुने र त्यसले सुरुड.का लागि उपयुक्त नहुने देखिएको छ । यस्तै चीन सरकारले वातावरणीय प्रभाव,घर जग्गा पर्ने अवस्था, निकुञ्जको क्षेत्रफल प्रयोग हुने विभिन्न विषयहरु अघिसारेर निर्णय लिएको छैन । चीनले मुख्य रुपमा वातावरणीय प्रभावका विषयमा चासो राखेपछि अन्र्थमन्त्री महतको सक्रियतामा सरकारी टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको हो । उसले वन क्षेत्र र त्यसले पार्ने असरका विषयमा निकुञ्जलाई सोधेको र निकुञ्जले पनि विभिन्न प्रश्नहरु तयार पारेर आफू मातहतका निकायहरुलाई सोधे.पछि त्यसको जवाफ समेत पेश भएको छैन । जसका कारण सरकारी टोली नै अन्योलमा परेको थियो मन्त्री महतलको सक्रियताका कारण सोमबार तीनवटै विभागिय मन्त्री र सचिवहरुलेसो क्षेत्रको अवलोकन गरेका हुन ।

अबलोकनका क्रममा अर्थमन्त्री उक्त क्षेत्रमा सुरुड. बनाउन मनैदेखि क्रियाशिल देखिनुभएको थियो । अबलोकनका क्रममा पनि मन्त्री महतले अन्य मन्त्रीहरुलाई बिफ्रिड. गर्दै यसको सम्भाव्यताका बारेमा जानकारी गराउनु भएको थियो । उहाले वनलmे वातावरणीइ प्रभावका विषयमा सकारात्मक प्रतिक्रिया दिने वितिक्कै चीन सुरड.मार्ग निर्माणका लागि सहमत हुने मन्त्री महतको विश्वास रहेको छ । महतको सो आग्रहसँगै सोमबार सरकारी टोलीले उक्त सुरुड.मार्ग निर्माण गर्दा वातावरणीय प्रभाव नपर्ने र निकुञ्जक्षेत्रलाई पनि प्रभाव नपार्ने निश्कर्ष निकालेको छ । तर सो अनुसार निर्माण गर्दा चापबोटसम्म मात्रै सुरड. लैजान सकिने देखाइएको छ । अन्य दोस्रो र तेस्रो विकल्पको रुपमा भने बोहेरेखोलासम्म पुग्ने अवस्था रहेको छ । सुरुड. जति लामो भयो त्यति नै केही आरोलो गर्दै जान सकिने भएकाले केही तलसम्म लैजान सकिने सरकारी टोलीको निश्कर्ष रहेको थियो । निरीक्षणसँगै सरकारले वातारणीय प्रभावका बारेमा तत्काल चीनलाई पत्र लेख्ने तयारी गरिरहेको छ ।
काठमाडौंको टोखाबाट छहरेसम्म सुरुड.मार्ग निर्माणका लागि अर्थमन्त्री डा. महतले यस आर्थिक वर्षका लागि एक अरब बजेट विनियोजन गर्नुभएको थियो । प्रधानमन्त्री चीन भ्रमणअघि नै वातावरणीय प्रभाव मुल्याड.कन गर्ने उदेश्यकासाथ सरकारका मन्त्री आफै उक्त मार्गको अवलोकनका लागि भोलि जान लागेको बताइएको छ । टोलीमा सडकको अवस्था, उक्त क्षेत्रमा पर्ने वन जंगलको वास्तविक तथ्याड.का साथै अन्य विषयमा जानकारी लिनका लागि मन्त्रीहरुको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा उत्तः सुरुड.मार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रस्ताव गरिने अर्थमन्त्री महतले जानकारी दिनुभयो । चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो ।

सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको थियो । चीनसँग भएका २० समझदारीमध्ये यो पनि एक हो । हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ। गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ। दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याप्रुबेसी सुरुङमार्ग भने सरकारले नबनाउने निश्कर्ष निकालेको छ । मैलुङ–स्याफ्रुवेंसी नेपाली सेनाले ट्रयाक खोलेर २०७५ जेठ ६ गते हस्तान्तरण गरिसकेको छ । अहिले यो खण्ड सहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निमाधीन अवस्थामा छ ।
चीन सरकारले स्याफ्रवेंसी–रसुवागडी १६ किमि सडक विस्तार गर्दैछ । मुस्किले एकलेनको सडक दुई लेनमा विस्तार हुँदैछ।यो सुरुङमार्ग सहितको सडक निर्माण भइ सञ्चालनमा आएमा मालबहाक सवारी रसुवागडीदेखि काठमाडौंसम्म दुई देखि तीन घण्टामा आइपुग्नेछ । सुरुड.मार्ग बनेको खण्डमा आम सिंगो मुलुक त्रिदेशीय व्यापारिक क्षेत्र बन्ने सम्भावना रहेको छ । अझ यसबाट नुवाकोटसहित रसुवा र धादिड.सम्मका नागरिकले बढि लाभ लिनेछन् । विशेष गरेर नुवाकोटका थानसि.ड, बट्टार, पिपलटार, बेत्रावती जस्ता क्षेत्रहरु व्याािरक क्षेत्रका रुपमा विस्तार हुनेछ ।