लिखु गाउँपालिकामा स्ट्रोकसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४०० जनाले लिए सेवा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २७, आईतवार २०:२०

नुवाकोट । राजधानीकाे टाेखामा रहेकाे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको प्राविधिक सहयोग तथा लिखु गाउँपालिका को आयोजनामा सञ्चालन गरिएको मस्तिष्कघात (स्ट्रोक) सचेतना कार्यक्रम तथा बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. राजू पौडेल तथा इमरजेन्सी विभाग प्रमुख डा. राजीव थपलियाले बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरेका थिए।

शिविरमा सहभागीहरूको सुगर जाँच, रक्तचाप (बीपी) जाँच तथा आवश्यक स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराइएको थियो। शिविरबाट करिब ४०० जना सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी संस्था तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *