
काठमाडौं । चिकित्सकहरुकाे छाता संगठन नेपाल चिकित्सक संघको अाह्वानमा आज देशभरका सरकारी अस्पतालका ओपिडी सेवा बन्द भएका छन् । अस्पतालकाे सेवा बन्द हुँदा हजारौं बिरामी मारमा परेका छन् ।
मकवानपुरकाे हेटौंडा अस्पतालका कार्यरत चिकित्सकलाई कुटपिट गरिएकाे विराेधमा चिकित्सकहरु ओपिडी सेवा बन्द गरेर आन्दोलनमा हाेमिएका छन् । उनीहरुले दाेषीलाइ कारबाहीको माग गर्दै सेवा बन्द गरेका हुन ।यसअघि हिजो चिकित्सकहरुले हेटौडा अस्पताल अगाडि धर्ना दिएका थिए ।
प्रहरीले चिकित्सकलाई कुटपिट गर्ने चार जनालाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाएकाे छ । यस्तै राजधानीका ठूला अस्पतालहरुको ओपिडी सेवा बन्द हुँदा सयौं बिरामी मर्कामा परेका छन् ।नुवाकोटको एकमात्र जिल्ला अस्पताल त्रिशूलीकाे ओपिडी सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । चेकजाँचका लागि अस्पताल पुगेका बिरामी निराश भएर फर्किएका छन् ।