
काठमाडौं । राजधानीमा केन्द्रीय कार्यालय रहेको,क,वर्गको वाणिज्य बैंक सिटिजन्स् बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हाल चुक्तापुँजी १४ अर्व २० करोड ९ लाख ७४ हजार ६ रुपैंया रहेको छ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण हुने बताइएको छ ।