नुवाकोट । गएराति परेको अविरल वर्षाका कारण लिखु गाउँपालिका–३, डुम्रीगाउँमा पहिरो खस्दा दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
माथिबाट आएको पहिरोले स्थानीय रामकृष्ण राईसहित दुई परिवारका घरमा क्षति पुर्याएको हो। पहिरोका कारण दुवै घर पूर्ण रूपमा बस्न अयोग्य तथा थप जोखिमपूर्ण अवस्थामा पुगेका छन्।
घटनाको जानकारी प्राप्त भएलगत्तै गाउँपालिकाका जनप्रतिनिधि घटनास्थलमा पुगेर क्षतिको स्थलगत निरीक्षण गरेका छन्। थप धनजनको क्षति हुन नदिन प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरिएको छ।
प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै सुरक्षित व्यवस्थापनका लागि वडा तथा गाउँपालिकाको तर्फबाट तत्काल पहल अघि बढाइएको वडा अध्यक्ष राम पुलिसले जनाइएक छन् ।
वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ। साथै विपद्को यस समयमा धैर्यधारण गर्दै आवश्यक सावधानी अपनाउन गाउँपालिकाले अपिल गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्