
फाइल फोटो
विदुर । नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा रहेको सामुदायिक विद्यालयपृथ्वी मा.वि. बागमती प्रदेश अन्र्तरगतका सामुदायिक विद्यालयहरु मध्ये दोस्रो उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै २ हजार सामुदायिक विद्यालयहरुको २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मुल्याड.कन गरेको थियो ।
सो आधारमा पृथ्वी मावि बागमती प्रदेशभरिको दोस्रो उत्कृष्ट विद्यालयका रुपमा मुल्याडंकन गरिएको छ । यस्तै उक्त नतिजा अनुसार सामुदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् । उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र रहेको छ । विद्यालयले उत्कृष्ट मध्ये दोस्रो नतिजा पाप्त गरेसँगै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले यो उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने उल्लेख गरेका छन् ।

प्रअ लामिछानेले आफ्नो समाजिक सञ्जाल फसेबुक मार्फत बधाई दिनेहरूले पनि नुवाकोट लाई बधाई दिनुपर्ने समेत बताएका छन् ।एसइई २०७९ को नतिाजमा पृथ्वी मावि जिल्लाकै प्रथम भएको थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए । यस्तै अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । संस्थागत विद्यालयतर्फ रिलाइन इन्टरनेशलन एकेडेमी प्रथम,ह्वाइटकिड स्कुल बालुटार द्धितिय र प्लोरोसेन्ट स्कुल गोंगबु त्रितिय बनेका छन् । असोज २ गते भोली मन्त्रालयमा आयोजित एक समारोहकाबीच नगद र प्रसंशापत्र प्रदान गर्ने जारी गरेको पत्रमा उल्लेख गरिएको छ । ।