एमालेद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई राहत हस्तान्तरण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १९, शुक्रबार १३:४८


नुवाकोट । नेकपा (एमाले) केन्द्रीय कार्यालयले प्राकृतिक विपद्बाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत तथा सहयोग सामग्री वितरण गरेको छ।

एमालेले बाढी तथा पहिरो प्रभावित जिल्लाहरूका लागि छुट्ट्याएको १ करोड २० लाख रुपैयाँमध्ये आज रसुवा र नुवाकोटका प्रभावित नागरिकलाई राहत वितरण गरेको हो। उक्त रकम सरकारी राहत कोषमा जम्मा नगरी पार्टीकै तर्फबाट प्रत्यक्ष रूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले खर्च गरिएको एमालेले जनाएको छ।


विपद्का कारण घरबार, सम्पत्ति तथा दैनिक जीवन प्रभावित भएका नागरिकको पीडामा ऐक्यबद्धता जनाउँदै एमालेले राहत सामग्री हस्तान्तरण गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कार्यालयले विपद् प्रभावित नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने निर्णयअनुसार राहत वितरण गरिएको बताइएको छ।


एमालेले विपद्को कठिन परिस्थितिमा पीडित नागरिकको साथमा उभिनु राजनीतिक तथा सामाजिक दायित्व भएको उल्लेख गर्दै थोरै भए पनि प्रभावित परिवारको जीवनमा राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ। भदौ १० गतेकाे बाढीले रसुवा नुवाकोट ,धादिङ ,गाेर्खा र चितवनका जिल्ला नदी किनारका बस्तीमा ठुलाे क्षति पुर्याएकाे छ भने करिब २ हजारौंको हाराहारी मृत्युु भएको पुष्टि भैसकेको छ ।चार हजार अझै बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *